2026-09-08 07:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा मारिएका नेपालीका हत्यारालाई ६० बर्ष कैद फैसला, २५ हजार डलर जरिवाना

विजय थापा | भदौ १०, डिसी । गत बर्ष अमेरिकाको भर्जिनियामा अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ का दिन हत्या गरिएका स्व रेशम बजगाईका अभियुक्त हत्यारालाई भर्जिनियाको अदालतले ६० बर्ष कैद र २५ हजार डलर जरिमाना सुनाएको छ ।

उक्त फैसला भर्जिनिया फेयर फ्याक्स काउन्टी सर्किट अदालतले फैसला सुनाएको हो । जुरी (पन्चहरु)ले ६० बर्षको र २५ हजार डलरको सिफारिस गरे पछि न्यायधिसले उक्त निर्णय सुनाएका हुन् ।

रेशमका पक्षका वकिलले हत्यारालाई जन्म कै सिफारिस गरेको तर अभियुक्त हत्याराका वकिलले २० बर्षको सजायको प्रस्ताव गरेका थिए । सजाय समय तोक्ने बिषयमा दुवै पक्षका वकिलहरुको बहस भएको थियो ।

तर जुरी (पन्चहरु)ले उनीहरुको दाबीलाई नकार्दै हदै सम्मको सजाय सुनाएका थिए । हत्यारा जेल (कारागार)आगामी नोभेम्बर २२ मा जाने छन् । भर्जिनियाको हरन्डन शहर स्थित सुनोको ईन्धन चौकी(ग्यास स्टेसन )मा स्व रेशम बजगाईलाई आगो निभाउने उपकरण( फायर एक्सटिनगुईसर )ले हिर्काएर माथिल्लो भागमा ज्यादा चोट पटक लागेको कारण बजगाईको मृत्यु भएको थियो । त्यसको साथै अन्य फलामे चिज तथा घाँटी न्याकेको समेत प्रमाण फेला परेको छ ।

फैसला हुनु अघि घटनाको सम्पूर्ण प्रमाण ( क्यामारा ) अदालतको न्यायाधिसलाई देखाईएको थियो । यसको फैसला दुई चरणमा गरिएको थियो । पहिलो चरणमा हत्यालाई प्रथम श्रेणीको हत्याको किटानी गरियो । स्मरण रहोस ,प्रथम श्रेणीको हत्याको लागि कम्तिमा २० बर्ष र बढीमा जन्म कैद हुन्छ ।

दोश्रो चरणको सुनुवाई पछि ६० बर्षको कैद र २५ हजार डलरको जरिमाना सुनाईएको हो । प्रहरीले गत बर्ष नै हरन्डन शहर कै किनमेल बजारको कार पार्क (सवारी साधन रोक्ने ठाउँ) बाट अभियुक्त हत्यारा मोहमद ए अब्दुल्लाहीलाई पक्राउ गरेको थियो । उनलाई प्रथम श्रेणीको हत्याको आरोप लगाई ६० बर्षको कैद सुनाएको हो ।

नेपाली मूलका ४० बर्षिय स्व रेशम बजगाईलाई गत बर्ष बुधबारका दिन बिहान १ बजेर १५ मिनेटमा हत्या गरेको फेयर फ्याक्स प्रहरी चौकीले जानकारी दिएको थियो । मृतक बजगाई सेप्टेम्बर २०१७ मा अमेरिका आएका थिए । उनि उक्त सुनोको ग्यास स्टेसन ( इन्धन चौकी ) मा हप्तामा एक पटक मात्र काम गर्ने र त्यही दिन काम गर्न आएका थिए । 

अमेरिकाको डिसी महानगर क्षेत्रको हरन्डन आसपासमा बसोबास गर्ने स्व बजगाई आफ्नी जीवन संगिनी तथा ६ बर्षिय छोरी संग बस्दै आएका थिए । हरन्डनको किनमेल गर्ने बजार स्थित १३३०० ब्लक अफ फ्रान्कलिन फर्ममा घटना घटेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग