२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईसीसी महिला फोरम संयोजकमा दक्षिण कोरियाबाट पनि उम्मेदवारी

२३ भाद्र २०७६, सोमबार ०१:५२

अर्जुन बराल | भदौ २३, सोल | गैह्र आवासिय नेपाली संघ(एनआरएनए) को यहि अक्टोबर १५ देखि १७ सम्म काठमाण्डौको हायात होटलमा हुँन गईरहेको नवौ बिश्व सम्मेलनको मिति नजिकिदै गर्दा एनआरएनए आईसिसिको बिभिन्न पदमा नेतृत्वका लागि आकांक्षीहरुले आ–आफनो दावेदारी प्रस्तुत गर्न थालेका छन् भने अहिले बिभिन्न देशमा एनआरएनए राष्ट्रिय समन्वयन परिषदले अधिबेशन गदै नयाँ नेतृत्व चुन्ने क्रम जारि नै छ ।

यसैबिच एनआरएनएको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयनका लागि हङकङमा सम्पन्न क्षेत्रीय भेलाको साथै अस्ट्रेलियामा सम्पन्न भएको ओसेनिया क्षेत्रीय भेला पश्चात सतहि रुपमा आकांक्षीहरु बाहिर देखिन थालिसकेका छन् भने नेतृत्वका लागि दाबेदारीहरु बढेसँगै एसिया प्यासिफिक महिला फोरम संयोजक जुनु गुरुङ्गले पनि आईसीसी महिला फोरम संयोजकमा उम्मेदवार घोषणा गरेकी छिन् ।

लामो समयदेखि दक्षिण कोरियामा रहेर सफल ब्यबसायिक महिलाका रुपमा आफुलाई चिनाईसकेकी जुनु गुरुङ्ग “वुमन फर वुमन” दक्षिण कोरियाकी पूब अध्यक्ष हुँन भने दक्षिण कोरियाको सरकारले प्रदान गर्ने मानार्थ सिटिजन सिपबाट सम्मानित महिला हुँन् । गुरुङ्गले आफुले एनआरएनए एनसीसी गठन भएको सबैदेशमा महिला फोरम संयोजकको हैसियतमा रहँदा महिला फोरम गठन गर्न सफल भएकोमा खुसि ब्यक्त गर्दै त्यसका निम्ति सबैप्रति आभार प्रकट गरेकी छिन् ।

यसै बिच गुरुङ्गले एसिया प्यासिफिक क्षेत्र र मध्यपूर्बका मजदुर तथा महिलाहरुको दर्दनाक अबस्थाको न्युनिकरण सहित महिलाका आवाजलाई शसक्त रुपमा उठाई उनीहरुको आर्थिक तथा ब्यबसायीक पाटोलाई सक्षम बनाउँन प्रयास सँगै सबैतिर छरिएर रहेका महिलाहरुको संञ्जाललाई अझ बिस्तार गरि फराकिलो बनाउँने प्रतिबद्धता सहित एनआरएनएलाई अझ गतिशिल र सबैको अपनवत्व हुँने गरि सबै क्षेत्रको प्रतिनिधित्वको सुनिश्चितताको लागि जोड दिन आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो