2026-10-26 03:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए मलेसियाको आइसिसी सदस्यमा विश्व राई चयन

भदौ २९, मलेसिया । गैरआवासिय नेपाली संघ (एनआरएनए) मलेसियाको आइसिसी सदस्यमा विश्व राई चयन भएका छन् ।

 एनआरएनए मलेसियाको छैटौ अधिबेशनबाट यसअघि नै आइसिसी सदस्यमा महेन्द्रजंग शाह र टेकबहादुर टमोटा निर्वाचित भइसकेका थिए । यससँगै राई थपिएर मलेसियाबाट आइसिसी सदस्यमा तीन जना भएका छन । शनिबार सम्पन्न एनआरएनए मलेसिया को कार्यसमिति बैठकबाट राईलाई आईसीसी सदस्यमा थप गरिएको महासचिव हेमराज सापकोटाले बताए । 

महाधिवेशनबाट अध्यक्षमा हरि भट्टराई,वरिष्ठ उपाध्यक्षमा लालबहादुर आले(सुन्दर), उपाध्यक्ष ज्ञानेन्द्रबहादुर सिंह, महिला उपाध्यक्ष शुभद्रा लिङ्ग्देन, महासचिव हेमराज सापकोटा, सचिवद्वय रञ्जितकुमार क्षेत्री र नन्दबहादुर क्षेत्री, कोषाध्यक्ष कृष्णप्रसाद नेपाल, सहकोषाध्यक्ष राकेशप्रसाद महतो, युवा संयोजक रविलाल अधिकारी, महिला संयोजक शारदा देवान याक्खा निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा अरुण गिरी, विनोदकुमार राना, विनोद पाण्डे, गोविन्द साउद, सन्तोष कार्की, पासाङ लामा, दिलकुमार केरुङ, अनिलकुमार चौधरी, योगेन्द्र कोइराला, मचिन्द्रनाथ चापागाईं, ईन्द्रनारायण लिम्बु, कृष्णबहादुर बस्नेत, हरिप्रसाद कोइराला, टेकबहादुर अधिकारी, रामकृष्ण कार्की, सन्तोषप्रकाश रिजाल, ईन्द्रबहादुर कुँवर माधवप्रसाद भुषाल र केशवकान्त झा रहेका छन ।

गत १ तारिखमा बृहत्त कार्यक्रमका साथ नबनिर्बा्चित कार्यसमितिको सपथग्रहण र अधिबेशन सम्पन्न भएको थियो । निर्वाचित पदाधिकारीले एनआरएनए आईसीसी अध्यक्ष भबन भट्ट लगाएत पदाधिकारिको उपस्थितिमा १ सेप्टेम्बरमा सपथ लिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने