2026-10-26 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने भन्दै बुझाए ज्ञापन पत्र

असोज ३, वासिंगटन डिसी | विदेशमा रहेका नेपालीहरुलाई मतदानको तत्काल प्रबन्ध मिलाउन नेपाली जनसम्पर्क समिति,अमेरिकाले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । सर्वोच्च अदालतले एक वर्ष पहिले नै यस्तो व्यवस्था गर्न सरकारका नाममा आदेश समेत जारी गरिसकेको छ । 

तर सर्वोच्च अदालतको आदेशलाई समेत वर्तमान सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै जनसम्पर्क समितिले अब कुनै बिलम्ब तुरुन्त आवश्यक पहल गर्न सरकार समक्ष ज्ञापन पत्र पेश गर्दै आग्रह समेत गरेको छ ।नेपाली कांग्रेसले भदौ २४ देखि जारी राखेको राष्ट्रिय जागरणको दोश्रो चरणको कार्यक्रम अन्तर्गत विदेशस्थित जनसम्पर्क समितिले सम्बन्धित मुलुकका दूतावास वा कन्सुलेट अफिसमार्फत यस्तो ज्ञापन पत्र बुझाउन निर्देशन जारी गरेको छ ।

सोही निर्देशन अनुसार बिहीवार नेपाली जनसम्पर्क समिति,अमेरिकाले वासिंगटन डिसीस्थित नेपाली राजदूतावास मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सोही ज्ञापन पत्रमा सर्वोच्चको आदेश अनुसार तत्काल मतदानको प्रबन्ध मिलाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको समितिको तर्फबाट नेतृत्व गर्दै दूतावास पुगेका समितिका केन्द्रीय सभापति आनन्द विष्टले जानकारी दिएका छन् ।

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका सभापति विष्ट नेतृत्वको एक प्रतिनिधि मण्डलले राजदूत डा अर्जुन कुमार कार्कीलाई भेटेर ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र हस्तान्तरणको सुरुवातमा समितिका महासचिव मुनिन्द्र नेम्वाङ्गले ज्ञापन पत्रका बारे संक्षिप्त चर्चा गरेका थिए भने समितिका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमूख गौतम दाहालले ज्ञापन पत्र पढेर सुनाएका थिए ।

सभापति विष्टले ज्ञापन पत्र बुझाएपछि राजदूत डाक्टर कार्कीले समितिको तर्फबाट बुझाइएको ज्ञापन पत्र नेपाल सरकार समक्ष तत्काल पुर्याउने प्रतिवद्धता व्यक्त गरे । नेपाली जनसम्पर्क समिति,अमेरिकाले बुझाएको ज्ञापन पत्र विषयमा गैर आवासीय नेपाली संघ(एनआरएन) अमेरिकाले समेत ऐक्यबद्धता जाहेर गरेको छ ।

एनआरएनले दोहोरो नागरिकताको मागलाई निरन्तर उठाई रहेको सन्दर्भ जोड्दै ज्ञापन पत्र बुझाउने प्रतिनिधि मण्डलमा सहभागी एनआरएन अमेरिकाका उपाध्यक्ष कृष्णजीवी पन्थले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश कार्यान्वयन गर्न सरकारलाई खबरदारी गर्ने गरी समितिले गरेको पहलको सह्राहना गर्दै समितिले उठान गरेको विषयमा ऐक्यबद्धता जाहेर गरेका थिए ।यसैगरी एनआरएन अमेरिका,मेरिल्याण्ड च्याप्टरका अध्यक्ष डोलनाथ घिमिरेले पनि जनसम्पर्क समितिले उठान गरेको एजेन्डामा ऐक्यबद्धता जाहेर गरे |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने