२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन हेलिकप्टर आकस्मिक अवतरण

९ आश्विन २०७६, बिहीबार १५:५२

 असोज ९, खोटाङ । मौसम प्रतिकूलताका कारण सङ्खुवासभाबाट काठमाडौँका लागि उडेको तीन वटा हेलिकप्टर आज खोटाङको रेग्मीटारमा आकस्मिक अवतरण गरिएको छ । सङ्खुवासभाबाट अरुण तेस्रोको अनुगमनपछि काठमाडौँ फर्कने क्रममा खराब मौसमका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको रेग्मीटारस्थित साप्सुखोलामा अवतरण गरिएको हो ।

दिउँसो करीब ३ः४५ बजे अवतरण गरिएको हेलिकप्टर मौसममा केही सुधार आएपछि पुनः काठमाडौँका लागि उडेको स्थानीयवासी कुमार बुढाथोकीले बताउनुभयो । वर्षा र बाक्लो कुहिरोका कारण दुई वटा अल्टिच्युट र एउटा मनाङ एयरको हेलिकप्टरलाई साप्सुखोला किनारमा आकस्मिक अवतरण गरिएको जनाइएको छ । 

आपत्कालीन हेलिकप्टर अवतरण भएको विषयमा स्थानीयवासीले खबर गरेपछि सुरक्षाका लागि प्रहरी चौकी भँडारेघाटबाट प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो ।

खराब मौसमकै कारण खोटाङबाट काठमाडौँ फर्कने क्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालालगायतका नेताको टोली चढेको हेलिकप्टर तीन ठाउँमा अवतरण गरेपछि काठमाडौँ पुगेको स्रोतले जनाएको छ ।

बुधबार दिउँसो २ः३० बजे हलेसीबाट उडेको हेलिकप्टर पहिलोपटक हलेसी तुवाचुङ नगरपालिकाको बाइटार, दोस्रो पटक रामेछापको लिखु नदीको दोभानमा र तेस्रो पटक साँझ ६ बजे रामेछापको मन्थली विमानस्थलमा अवतरण गरेको थियो । 

हेलिकप्टरमा महामन्त्री कोइरालासहित केन्द्रीय सदस्य चन्द्र भण्डारी, प्रतिनिधिसभा सदस्य हीरा गुरुङ, नवलपरासी सभापति भरत गुरुङलगायत चार जना सवार थिए । कोइराला काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जनजागरणसभा समापन कार्यक्रमलाई सम्बोधन गर्न खोटाङ आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य