२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् एनआरएनएका बाचा

२ कार्तिक २०७६, शनिबार १३:०३

कात्तिक २, काठमाडौँ | सरकारले अभियानको रूपमा अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई साकार पार्ने तथा नेपाल भ्रमण वर्ष २०२० वर्षलाई  सफल बनाउनेलगायत १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ विश्व नेपाली सम्मेलन सम्पन्न भएको छ ।

एनआरएनएले नेपालको समृद्धिका निम्ति ठूला आयोजनामा नेपाल लगानी बोर्डसँग सहकार्य गरी सहजकर्ताको भूमिका निर्वाह गर्ने र सम्बन्धित देशका लगानीकर्तासँग समन्वय गराउने तथा स्वदेशमा बाह्य लगानी, प्रविधि, सीप, अनुभव तथा ज्ञान आकर्षणमा सहजकर्ताको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।

अबको केही महीनापछि नै औपचारिकरूपमा शुरुआत हुने भ्रमण वर्षलाई भव्यरूपमा सफल बनाउन एनआरएनएले विश्वभरि रहेको आफ्नो बलियो सञ्जाललाई वर्षैभर भरपुर उपयोग गर्ने प्रण गरेको छ । एनआरएनले विदेशी लगानी आकर्षणको वातावरण बनाउन नेपालको कूटनीतिक नियोग रहेका र धेरै नेपालीको बसोबास रहेका मुलुकहरुसँग अविलम्ब दोहोरो कर उन्मुक्तिको सम्झौता, लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौतालगायतका सम्झौता अविलम्ब गर्न नेपाल सरकारसँग आह्वान गर्दै त्यसका लागि सहजकर्ताको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

विज्ञान तथा प्रविधिमा संलग्न गैरआवासीय नेपालीको तथ्याङ्क तयार गर्दै ती संलग्न शैक्षिक संस्था एवं अनुसन्धान केन्द्र र नेपालका शैक्षिक संस्था र अनुसन्धान केन्द्रबीच समन्वयको वातावरणका साथ प्राज्ञिक आदानप्रदान तथा नेपाल र नेपालीको प्राथमिकताका आधारमा संयुक्त अनुसन्धानसम्बन्धी क्रियाकलापका लागि अनुकूल वातावरण तयार पार्न सम्मेलनले प्रतिबद्धता जनाएको छ । 

“सन् २०३० सम्म नेपाल सरकारद्वारा निर्धारित सन् २०२२ भित्र नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति गर्ने, संयुक्त राष्ट्रसङ्घले लिएको दिगो विकासका लक्ष्यहरु पूरा गर्ने र मध्यम आय भएको राष्ट्र बन्नेसमेत तीन महत्वाकांक्षी विकास लक्ष्यहरूसँग सम्बन्धित रणनीतिहरूमा गैरआवासीय नेपालीहरूको महत्वपूर्ण भूमिका र योगदान हुनसक्ने जनाउँदै उपरोक्त लक्ष्यहरू पूरा गर्न प्रतिबद्धता व्यक्त गर्दछौँ”, घोषणपत्रमा भनिएको छ ।

‘म मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल नारासहित सम्पन्न गैरआवासीय नेपाली विश्व सम्मेलनलाई भव्य रुपमा सफल पार्न सहयोग गर्नुहुने राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मन्त्रीगण, राजदूत, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत तथा निजी क्षेत्रका व्यावसायिक संस्थाका प्रतिनिधि एवं एनआरएन संस्थापक अध्यक्ष, विकास साझेदार संस्थालगायतले सम्मेलनले हार्दिक कृतज्ञता ज्ञापन गरेको छ ।

काठमाडौँमा यही असोज २८ देखि ३० गते सम्मेलन भएको एनआरएनएको तीनदिने सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशनले कुमार पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सम्मेलनमा ं ८० देशका दुई हजार ६५६ प्रतिनिधि सहभागी थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की