९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अठारौँ नाम सम्मेलन आज शुरु हुँदै: नेपालले नाम सिद्धान्तप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनर्पुष्टि गर्न

८ कार्तिक २०७६, शुक्रबार ०४:५१

विशेष संवादाता मनोज कार्की | कात्तिक ८, बाकु, अजरबैजान  (रासस) : | असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलन आजबाट यहाँ शुरु हुँदैछ । बाकु सम्मेलन केन्द्रमा स्थानीय समयअनुसार बिहानको १० बजे सम्मेलनको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको छ । 

सम्मेलनमा नामका १२० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुख, परराष्ट्रमन्त्री, १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक सङ्गठनहरुका प्रतिनिधिहरु सहभागिता हुँदैछन् । 

सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हुनुहुन्छ । शिखर सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल हिजो अबेर राति कतारको दोहा हुँदै कतार एयरको नियमित उडानमार्फत यहाँ आइपुगेको हो । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य हुनुहुन्छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू समावेश हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले औपचारिक उद्घाटनपछि नाम शिखर सम्मेलनअन्तर्गत ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा बाकु सम्मेलन केन्द्रमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नुहुनेछ । 

यसैगरी, प्रधानमन्त्री ओली अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका राष्ट्रध्यक्ष÷सरकार प्रमुखको सम्मानमा आयोजना गर्नुहुने रात्रिभोजमा पनि आज सरिक हुनुहुनेछ । प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ताहरू गर्ने कार्यक्रम रहेको छ । 

शिखर सम्मेलनअघि कात्तिक ४ देखि ५ गतेसम्म बाकुमा उच्च अधिकारीहरूको बैठक तथा ६ र ७ गते मन्त्रिस्तरीय पूर्वतयारी बैठक भएको थियो । यस सम्मेलनमा १७औँ शिखर सम्मेलनले गरेका निर्णयहरूको कार्यान्वयनका दिशामा भएका प्रगति एवं समीक्षा गरी बाकु घोषणापत्र जारी गरिनेछ । 

यसअघि, बिहीबार अबेर राति, शिखर सम्मेलनमा नेपालको प्रतिनिधिमण्डमा सहभागी राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनका संवाददाताहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले मन्त्रिस्तरीय बैठकले वर्तमान विश्व अवस्थाको विश्लेषण गर्दै असंलग्न आन्दोलन र यसका सिद्धान्तहरुको सान्दर्भिकताको पुनर्पुष्टि गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सन् १९६१ मा नाम औपचारिक रूपमा स्थापित हुँदा विकासोन्मुख देशहरुले सामना गरेका विकास र विश्व प्रणालीमा अर्थपूर्ण सहभागिताको समस्या अझै पनि यथावतै रहेको छ ।” 

सो बैठकले १८औँ नाम शिखर सम्मेलनको बाकु घोषणापत्रको मस्यौदा गरेको जानकारी दिँदै मन्त्री ज्ञवालीले घोषणापत्रको मूल सार भनेको बाङडुङ सिद्धान्तहरु आज पनि उत्तिकै सान्दर्भिक रहेको र नामका सदस्यहरुले विश्व प्रणालीमा अझ बढी भूमिका निर्वाह गर्न आफूहरुबीचको सहकार्य र एकतालाई थप बलियो बनाउनुपर्ने रहेको बताउनुभयो । शिखर सम्मेलनको मुख्य दस्तावेजका रूपमा रहने बाकु घोषणापत्र सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको अनुमोदनपछि भोलि जारी हुँदै सम्मेलनको समापन हुनेछ । 

“दिगो विकासका लक्ष्य हामीले अवलम्बन गरेको एउटा युगान्तकारी विश्वव्यापी कार्यक्रम हो तर विकसित राष्ट्रहरुले त्यस सम्बन्धमा जिम्मेवारीको भार जति लिनुपर्ने हो, त्यति लिन सकिरहेका छैनन्”, मन्त्री ज्ञवालीले भन्नुभयो, “त्यसैकारण, दिगो विकासका लक्ष्यहरुलाई पूरा गर्नमा विकासोन्मुख देशहरुलाई सहयोग गर्न हाल विद्यमान विकास सहायताको संरचनालाई परिवर्तन गर्न आवश्यक छ ।” 

नामको मुख्य उद्देश्य भनेको विकासोन्मुख देशहरुको स्वतन्त्र पहिचान, स्वतन्त्र अस्तित्व र स्वतन्त्र रूपमा विकास गर्न पाउने स्वतन्त्रताका साथै विश्व प्रणालीमा न्यायोचित प्रतिनिधित्व होस् भन्ने हो । “नेपालको हकमा भने, नाम हाम्रो अस्तित्व र विकाससँग जोडिएको कुरा हो”, परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, “त्यसैकारण हाम्रो विदेश नीति असंलग्न आन्दोलनका सिद्धान्तहरुमा आधारित हुँदै अघि बढेको छ । हाम्रो भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दा, असंलग्नता, तटस्थता, अहस्तक्षेप, सार्वभौम समानता हाम्रा लागि ज्यादै महत्वपूर्ण छन् ।”

परराष्ट्रमन्त्री ज्ञवालीले यो शिखर सम्मेलन नेपालका लागि असंलग्न आन्दोलनका सिद्धान्तहरुप्रतिको आफ्नो प्रतिबद्धताहरुलाई पुनर्पुष्टि गर्ने अवसर रहेको र त्यही कुरालाई नेपालले आज र भोलि जोड दिने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै