२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकि राज्य सिनेटर द्वारा कानुन मन्त्री ढकाल समक्ष भ्रमण बर्षमा नेपाल जाने प्रतिज्ञा

२०७६, २६ कार्तिक मंगलवार ०५:४०

विजय थापा कार्तिक २६,डिसी | नेपाल सरकारले गर्न लागेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेप्लिज एसोसिएसन इन साउथइष्ट अमेरिका(नासा)ले औपचारिक रुपमा कार्यक्रम सुरू गरेको छ । एक बिशेष कार्यक्रमको आयोजना गरि नेपाल सरकारका न्याय तथा कानुन मन्त्री माननीय भानुभक्त ढकालको प्रमुख आतिथ्यमा कार्यक्रमको सुरुवात एटलान्टाबाट भएको छ ।


नेप्लिज एसोसिएसन अफ जर्जिया (नाग)को सहयोगमा भएको कार्यक्रमको पानसमा बत्ति बाल्दै र रातो फित्ता (रिबन)काटेर भ्रमण बर्ष २०२० को ब्यानर (तुल )खोलि प्रमुख अतिथिले कार्यक्रमको उदघाटन गर्नु भएको हो ।


उदघाटन समारोहलाई सम्बोधन गर्दै कानुन मन्त्रीले प्रबासमा रहेर नेपालीहरुले नेपाल सरकारको कार्यक्रमलाई सफल बनाउन लागि परेको देख्दा खुसि ब्यक्त गर्दै सरकारको तर्फबाट पूर्ण सहयोग गर्ने बचनबद्धता ब्यक्त गर्नु भयो । उहाले यस्ता कार्यक्रमहरुले सबै नेपालीहरुलाई जोड्न सहयोग पुर्याउने कुरा बताउनु भयो ।


बिदेशमा जन्मिएका दोस्रो पुस्तालाई नेपाल चिनाउन भ्रमण बर्षले मद्धत पुर्याउने ढकालको भनाई थियो । कार्यक्रमको बिशेष अतिथिहरुमा जर्जिया राज्यका डेमोक्रेटिक पार्टीका सिनेटका नेता (लिडर) सिनेटर स्टिभ हेन्सन र सिनेटर शेख रहमान हुनु हुन्थ्यो ।

सो कार्यक्रममा बोल्दै सिनेटर स्टिभ हेन्सनले आफु नेपालीहरुको बिचमा आएर बोल्न पाउदा खुसि ब्यक्त गर्दै एट्लाण्टामा नेपाल दिबस मनाउन आफुले सिनेटमा प्रस्ताब लाने बताउनु भयो । अर्का सिनेटर शेख रहमानले आफुले नेपाल भ्रमण बर्षलाई सहयोग गर्दै २०२० मा नेपाल जाने बताउदै नासाले संचानल गर्ने कार्यक्रमको सफलताको कामना गर्नु भयो । कार्यक्रममा पूर्व अध्यक्षहरू राम चन्द्र बराल र संजिव सापकोटाले पनि शुभकामना संदेश दिनु भएको थियो ।


नासाका अध्यक्ष विनय अर्यालको सभापतित्वमा भएको कार्यक्रममा नेप्लिज एसोसिएसन जर्जियाका अध्यक्ष कुमार केसिले सबैलाई स्वागत गर्दै भ्रमण बर्षलाई सहयोग गर्न अनुरोध गरेका थिए भने नासाका बरिष्ठ उपाध्यक्ष अम्बिका लोहनीले धन्यवाद दिएकी थिइन ।

१९९१ मा एटलान्टाबाट नै सुरु भएको नासाको आफ्नो कार्यकालको सुरुवात बैठक पनि एटलान्टाबाट नै सुरु गरेको बताउदै अध्यक्ष अर्यालले भ्रमण बर्षको कार्यक्रम पनि यहीबाट नै सुरु गरेको बताए । कार्यक्रम संयोजक पर्यटनदुत तथा नासाका पूर्व अध्यक्ष राजा घलेले एक बर्ष भरि नासाले स्थानीय नेपाली सस्थाहरुसंग मिलेर बिबिध कार्यक्रम संचालन गर्ने बताए । स्थानीय बालबालिकाहरुले सांगीतिक प्रस्तुत गरेर कार्यक्रमलाई रोचक बनाएका थिए ।

यसै गरि भ्रमण बर्षमा संचालन गरिने बिबिध कार्यक्रम मध्ये ४ वटा कार्यक्रम सोही दिन सुरुवात गरिएको छ । बिशेष गरि भ्रमण बर्षको संदेश जाने गरि अमेरिका मै हुलाक टिकट प्रकाशन गर्ने लक्ष्य राखिएको र एटलान्टा शहरको यातायात बिभागसंग समन्वय गरि चारवटा गाडी रोक्ने स्थल शेल्टर ( बस चढ्ने र उत्रने सार्वजनिक स्थल ) मा भ्रमण बर्षको तुलहरु राखिएको छ ।

जस मध्ये सार्वजनिक स्थलमा प्रचार प्रसार सामग्री प्रदर्शन ,नेपाली ब्यबसायीहरुलाई प्रचार सामाग्री हस्तान्तरण ,सामाजिक संजाल (फेसबुक)मा भ्रमण बर्षको लोगो (प्रतिक चिन्ह ) लाई प्रोफाइल ( परिचय )को रुपमा प्रयोग गरि र ईमेल हस्ताक्षरको रुपमा भ्रमण बर्षको संदेश प्रयोग गरि सुरुवात गरिएको छ ।


जस मध्ये सार्वजनिक स्थलमा प्रचार प्रसार सामग्री प्रदर्शन ,नेपाली ब्यबसायीहरुलाई प्रचार सामाग्री हस्तान्तरण ,सामाजिक संजाल (फेसबुक)मा भ्रमण बर्षको लोगो (प्रतिक चिन्ह ) लाई प्रोफाइल ( परिचय )को रुपमा प्रयोग गरि र ईमेल हस्ताक्षरको रुपमा भ्रमण बर्षको संदेश प्रयोग गरि सुरुवात गरिएको छ ।

यसरी नै अमेरिकाका विभिन्न राज्यका शहरहरुमा प्रचार प्रसार सामग्री तथा तुलहरु राख्न सके भ्रमण बर्षको संदेश अमेरिका भरि नै सहज तरिकाले पुग्ने नासाका अध्यक्ष बिनय अर्यालले बताए । अमेरिकामा भएका नेपालीका सबै खाले व्यवसायमा भ्रमण बर्षका प्रचार सामाग्रीहरु प्रदर्शन गर्ने कार्यक्रम अनुसार सिएनएनको मुख्यालयमा व्यवसाय संचालक रामजी पराजुलीलाई प्रचार सामग्री हस्तान्तरण गरियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ