२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतले गरेको नेपाली भूमि अतिक्रमण बिरुद्ध अमेरिकाको ह्वाइट हाउस अगाडी प्रदर्शन

२०७६, ९ मंसिर सोमबार ०५:३२

मंसिर ९, विजय थापा,डिसी | अमेरिकामा रहेका नेपाली संघ/संस्था र नेपाली समुदायले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध व्यापक बिरोध जुलूस प्रदर्शन गर्ने भएका छन् । भारतको चौतर्फी व्यापक बिरोध भै रहेको अवस्थामा अमेरिकी राष्ट्रपति भवन अगाडी रहेको लाफेएट उद्यान (पार्क )मा जम्मा भई डिसेम्बर १४ शनिबारका दिन बिरोध प्रदर्शन गर्ने तयारी भै रहेको छ ।

अमेरिकामा लामो समय देखि बस्दै विभिन्न संघ/संस्थामा बिभिन्न ओहदामा नेतृत्व लिई सकेका नेपालीहरुले गत नोभेम्बर २० र नोभेम्बर २३ मा आयोजना गरेको दुर संचार प्रणाली( टेली कन्फेरेन्स कल ) को माध्यमद्वारा भारत बिरुद्ध ऐतिहासिक कार्यक्रम गर्ने योजना बनाएका हुन् |

स्मरण रहोस सन् २०१५ मा भारतले अघोषित आर्थिक नाकाबन्दी गर्दा अमेरिकामा बस्ने नेपालीहरुले सबै कुरा त्यागेर एक जुट भई ईतिहास मै पहिलो पटक गोलबद्ध भै भारत बिरुद्ध बिरोध प्रदर्शनमा मानव सागर उर्लिएको थियो ।  

फेरि ४ बर्ष पछि अमेरिकामा बस्ने नेपाली बीच एकता कायम हुनु पर्ने अवस्था आएको छ भने यस पटक अझ ज्यादा सहभागिता हुने अपेक्षा गरिएको छ । भारत बिरुद्ध जुलूस प्रदर्शन गर्नको लागि व्यापक प्रचार प्रसार गर्ने अभियानमा नेपाली समुदायलाई जुटाउन आफ्ना गतिबिधिहरु सुरुवात गरि सकेका छन् ।

उक्त दिन बिहान १० बजे प्रदर्शन गर्ने समय निर्धारण गरिएको छ भने संयुक्त नेपाली मोर्चा जस्लाई 'नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू'नामक नेपालीहरुको समूहले नेतृत्व गर्ने छ । जस्मा सबै नेपाली समुदाय सदस्य र अमेरिकाका सबै राज्यका नेपाली संघ/संस्थाको प्रतिनिधि हुने र अटाउने गरि लिपुलेक र कालापानीको अतिक्रमण बिरुद्ध प्रदर्शन गर्ने छन् ।

आयोजना गर्ने पहलकर्ताले सबैलाई आन्दोलनमा सहभागी भएर गरिएको प्रयासलाई समर्थन गर्न अपिल गरेका छन् । भारतलाई नेपालीहरु जहाँसुकै भए पनि नेपालीहरूले नेपालको भूमिको अतिक्रमण हुन दिदैनन् भनि  स्पष्ट रुपमा सन्देश पठाउन आग्रह गरेका छन् ।

नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू नामक नारा सहित व्यापक तयारी साथ सबैलाई ऐक्यबद्धता जनाउन र सशक्त सहभागिताको लागि आव्हान गरिएको छ । गत नोभेम्बर २३ का दिन बसेको बैठकमा एनएनएका पूर्व अध्यक्ष रोजर अधिकारी,प्रा डा अम्बिका अधिकारी,नासाका पूर्व अध्यक्ष बिमल नेपाल ,आन्माका  अध्यक्ष बलराम पन्थी ,नासाका अध्यक्ष बिनय अर्याल ,एएनए का वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी ,आन्माका दिभाकर दाहाल ,नासाका महा सचिव कृष्ण श्रेष्ठ ,डिजे गोर्खाली तथा एएनएका महासचिव विजय भट्टराईको उपस्थिति रहेको थियो ।

पहिलो बैठक र दोश्रो बैठकले उक्त दिनको तयारीको लागि चाहिने अत्यन्तै आवश्यक सामाग्रीहरुको सूची तयार गर्नुको साथै विभिन्न व्यक्तिहरुलाई जिम्मेबारी बिभाजन गरेको छ । प्रेस बिज्ञप्ति(छापा )को लागि लेखनमा रोजर अधिकारी तथा प्रा अम्बिका अधिकारीले जिम्मेबार लिनेछन् भने बिरोध प्रदर्शन गर्नु अगाडी अनुमति लिनु पर्ने हुनाले व्हाइट हाउस अगाडी रहेको लाफेएट उद्यान (पार्क )को लागि खगेन्द्र अधिकारी ,कुलमणि आचार्य तथा सुरेश सापकोटालाई जिम्मेबारी सुम्पिएको छ ।

साथै त्यहा चाहिने ध्वनि प्रसारणको व्यवस्थापनमा डिजे गोर्खाली तथा सुरेश सापकोटाले जिम्मेबार लिएका छन । उक्त प्रदर्शनको लागि बिभिन्न नारा सहित प्रचार प्रसार सामग्री (प्लेकार्ड -बिज्ञापन पत्र )तुल ,झन्डाको लागी विजय भट्टराईले नै मूल टोली निर्माण गरि उनीहरुले नै यस्ता प्रचार प्रसार नारा लेख्ने जिम्मेबारी दिइएको छ ।

यसै गरि आधिकारिक रुपमा पत्राचारको जिम्मेबार प्रा अम्बिका अधिकारी ,डा अनुप पहाडी र रोजर अधिकारीले जिम्मेबारी लिएका छन् । यसका लागि कोषको आवश्यक पर्ने हुनाले छलफल गर्ने र सबैलाई सहयोगको लागि आब्हान गर्ने निर्णय गरेको छ । यसलाई व्यापक बनाउन सामाजिक संजालको भरपुर फाइदा लिनु पर्ने हुनाले व्यापक प्रचार प्रसार गर्ने निर्णय समेत गरेको छ ।

संचार माध्यमका सबै उपाय प्रयोग गरि सबै नेपाली समुदाय ,संघ/संस्थालाई अवगत गराउन कुनै कसर नछोड्ने निर्णय समेत गरेको छ । संचार माध्यममा संचारकर्मीहरु डिसीका विजय थापा ,नर्थ क्यारोलाइनाका बिनय अर्याल ,टेक्ससका विजय भट्टराई तथा कोलोराडोका शैलेश पोख्रेललाई हाललाई जिम्मवारी सुम्पिएको छ ।

 मूलधारका संचार माध्यमलाई उक्त बिरोध प्रदर्शनमा ल्याउन निमन्त्रणा पत्र पठाउनुको साथै बिरोध प्रदर्शन पछि संचार अभियान चलाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा