2026-09-08 07:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा पहिलो दक्षिण पूर्व एसियन रिपब्लिकन कल्बको स्थापना

विजय थापा, मङ्सिर ११, डिसी । अमेरिकाको टेक्सस राज्यमा पहिलो पटक दक्षिण पूर्व एसियन रिपब्लिकन कल्बको स्थापना भएको छ । जस्को नेतृत्व टेक्सस ड्यालस बस्दै आएका समाज सेवी तथा व्यवसायी देवी डेविड आचार्य अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

उक्त क्लव ( अड्डा) को गठन औपचारिक रुपमा गत नोभेम्बर २३ का दिन भएको हो । अमेरिकामा बसोबास गर्दै आएका दक्षिण पूर्व एसियनहरुको प्रयासबाट उक्त क्लब (अड्डा ) स्थापना सम्भव भएको हो ।

क्लबको मुख्य उद्धेश्य भनेको अमेरिकन नागरिक जस्ले अमेरिकी रिपब्लिकन दलका सिद्धान्त प्रति विश्वास गर्ने र जस्ले रुढिवादी मुल्यलाई समर्थन गर्ने जनाएका छन् । यसको साथै रिपब्लिकन पार्टी (दल) का उम्मेदवार भएमा यसका सदस्यहरु एक ढिक्का भई निर्वाचनमा आफ्ना दलका उम्मेदवारलाई जिताउनु र संलग्नता रहनु समेत जनाएको छ ।

मुलधारको राजनीतिमा प्रवेश गर्ने हेतुले अमेरिकामा बसेर यही मूलको नागरिक भएको कारण हाम्रो दायित्वलाई शिरोधार्य गरेर क्लबको स्थापना भएको नवनिर्वाचित अध्यक्ष देवी डेविड आचार्यले जनाएका छन् ।

आचार्यले भबिश्यमा यसको बिस्तार अमेरिकाका विभिन्न राज्यहरुमा गरिने समेत जानकारी गराएका छन् । हाललाई उक्त क्लबमा अध्यक्षमा देवी डेविड आचार्य, उपाध्यक्षमा बब भण्डारी ,महा सचिवमा कमल शर्मा र संचालक समिति सदस्यको सभापतिमा शंकेश सुबेदी तथा जनसम्पर्क समितिको सभापतिमा होङ्ग वोङ्ग निर्वाचित भएका छन् । उक्त क्लब(अड्डा) गठन हुँदा रिपब्लिकन दलका बिधायक ,न्यायाधिस,नगर प्रमुख लगायत नेपाली समुदायका बिभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा आएका दक्षिण पूर्व एसियनहरुले कल्बमा प्रवेश गर्ने ईच्छा गरेको जानकारी आचार्यले बताए । कार्यक्रममा नेपाली सांस्कृतिक कार्यक्रमको पनि प्रस्तुति गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग