२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पिकनिक जाँदै गरेको बस दुर्घटना, १३ जना घाइते

२१ मंसिर २०७६, शनिबार ०५:४८

मङ्सिर २१, सुरुङ्गा (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको हो । दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

प्रहरी निरीक्षक अधिकारीका अनुसार दुर्घटनामा परी बसका सहचालक मोरङ पथरी–१ निवासी ३० वर्षीय विकास लिम्बूसहित दमक–१० निवासी २७ वर्षीय सन्तोष खड्का, सोही ठाउँ निवासी १९ वर्षीय पवन खड्का र उर्लावारी–३ निवासी १७ वर्षीया स्मृति धिमाल रहेका छन् ।

त्यस्तै दुर्घटनामा परी दमक–१० निवासी १४ वर्षीय अभय धिमाल, मोरङ उर्लावारी–७ निवासी २२ वर्षीया माया घिमाल, दमक–१० निवासी १८ वर्षीया विविशा धिमाल, सोही ठाउँ निवासी १९ वर्षीया विनिता हमाल, २२ वर्षीय रोशन धिमाल, २८ वर्षीय नेत्र नेपाली, १८ वर्षीय आयुष नेपाली, १९ वर्षीय प्रदीप रिजाल र ४० वर्षीया नैनकला खड्का रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य