२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा पत्रकार द्वारा स्व बिनय कु कसजु तथा स्व बिनय गुरुवाचार्य प्रति श्रद्धान्जली अर्पण

२४ मंसिर २०७६, मंगलवार ०५:२६

विजय थापा | मंसिर २४, डिसी | अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोरमा हालसालै दिवंगत हुनु भएका वरिष्ठ पत्रकार द्वय स्व बिनय कु कसजु तथा स्व बिनय गुरुवाचार्य प्रति श्रद्धान्जली अर्पण गरिएको छ ।


मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित नेपाल हाउस(चमेनागृह)मा अन्तर्राष्ट्रिय नेपाली पत्रकारहरुको संजाल (ईञ्जा )ले डिसी महानगर क्षेत्रका सामाजिक अभियन्ता ,संचारकर्मी तथा समुदाय सदस्यहरुको उपस्थितिमा नेपाली भाषा-साहित्य, पत्रकारिता र संचार जगतका दुई धरोहरहरु स्व कसजु तथा स्व गुरुवाचार्य प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेको छ |


ईञ्जाले पहिलो पटक बाल्टिमोरमा कार्यक्रमको आयोजना गरेको हो । उक्त श्रद्धान्जली सभामा स्व कसजु तथा स्व गुरुवाचार्यको बारेमा संक्षेपमा वहाहरुको परिचय ,समाज र पत्रकारिता जगतमा वहाहरुले गरेका योगदानको बारेमा ईञ्जाका अध्यक्ष गुणराज लुइँटेलले चर्चा गर्नु भएको थियो ।

दिवंगत हुने स्व कसजु तथा स्व गुरुवाचार्यको लागि नेपाल तथा अन्य मुलूकबाट वहाहरुलाई श्रद्धान्जली अर्पण गर्दै वहाहरुको बारेमा सन्देश पठाईएको अडियो (श्रब्य) भिडियो (श्रब्य दृश्य )समेत प्रस्तुत गरिएको थियो । पत्रकारिता पेशाका स्थापित तथा चर्चित पत्रकारहरु तीर्थ कोइराला ,कपिल काफ्ले ,ध्रुबहरि अधिकारी, रामकृष्ण रेग्मी, बेल्जियमबाट लक्ष्मण देबकोटाले दुवै जनाको बारेमा पत्रकारितामा वहाहरुको भूमिका ,योगदान र वहाहरुको बहुआयमिक व्यक्तित्वको बारेमा संक्षेपमा चर्चा गर्नु भएको श्रब्य दृश्य (भिडियो )प्रस्तुत गरिएको थियो |


पत्रकार तीर्थ कोइरालाले दुवैको बारेमा चर्चा गर्दै गुरुवाचार्य कुनै पनि समाचारलाई ३ श्रोत संग निश्चित (प्रमाणित )गरे पछि मात्र समाचार लेख्ने बताउनु भएको थियो । कसजू चेतनाले भरिएको मानिस ,पाल्पामा गएर घर मै भेटेको स्मरण गर्दै ग्रामिण पत्रकारिताको बिकासमा उहाको योगदानको बारेमा चर्चा गर्नु भयो |


यसै बेल्जियमबाट पत्रकार लक्ष्मण देबकोटाले कसजूले केन्द्रमुखी पत्रकारितालाई ग्रामिणमुखि बनाउन सफल हुनु भयो । स्व कसजु कम बोल्ने र लेख्दा खेरि रुवाउन सक्ने ,हसाउन सक्ने क्षमता भएको बताउनु भयो । यसै गरि ईञ्जाका संरक्षक योगेश उपाध्यायले दुवैको चर्चा गर्नु भएता पनि कसजुलाई नजिकबाट चिनेको बताउनु भयो । यसै गरि ईञ्जाका सल्लाहकार हरि अधिकारीले लुम्बिनी अञ्चलबाट लेख्ने पत्रकारहरु मध्ये स्व कसजु लेखनमा सर्व श्रेष्ठ हुनु हुन्थ्यो भन्नु भयो |

यसै गरि बाल्टिमोरका पत्रकार सतिस चापागाई स्वयम् पाल्पाको भएकोले पाल्पामा छापाखाना लगेर चलाउनु भयो । र वहा सत्य भन्ने साप्ताहिक पत्रिका संचालन गर्नु हुन्थ्यो भनि जानकारी दिनु भयो । स्व कसजु कम बोल्ने ,वहासंग व्यक्तिगत तालिम पनि आफुले लिएको र अमेरिका आउनु अगाडी भेटेको बताउनु भयो ।

यसै गरि महा बाणिज्यदुत प्रेम राजा महत लगायत अन्य विभिन्न संघ/संस्थाका नेतृत्व/ प्रतिनिधि/संचारकर्मीहरुले पनि वहाहरुको बारेमा बोल्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्नु भएको थियो । कार्यक्रममा संक्षेपमा ईञ्जाका सदर मुकामका वरिष्ठ उपाध्यक्ष सुनिल दाहालले संस्थाको बारेमा परिचय,उद्धेश्य र भावी योजना बारेमा चर्चा गर्नु भएको थियो भने कार्यक्रम संचालन ईञ्जाका वरिष्ठ उपाध्यक्ष (ग्लोबल,बिश्व)बिष्णु शीतलले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की