पढ्न करिब 2 मिनेट लाग्छ

पुष ४, ओखलढुंगा | निर्माण कार्य सुरु भएको १३ वर्षपछि ओखलढुङ्गाको खिजिचण्डेश्वरी हवाई मैदान निर्माण कार्य पूरा भएको छ ।

जिल्लाको खिजिदेम्बा गाउँपालिकामा पर्ने उक्त हवाई मैदान निर्माणका लागि तत्कालीन ओखलढुङ्गा जिल्ला विकास समितिले २०६३ सालमा बजेट विनियोजन गरी कामको सुरुवात गरेको थियो । अर्थिक वर्ष २०७३/७४ बाट भने नेपाल सरकारको बजेटमा नै समावेश गरी हवाई मैदान निर्माण कार्यलाई गति दिइएको थियो ।

निर्माण कार्य सम्पन्न भएसँगै हवाई मैदानमा परीक्षण उडानका लागि अनुगमन समेत भएको छ । सङ्घीय प्रतिनिधि सभाका सदस्य यज्ञराज सुनुवारको नेतृत्वमा मङ्लबार नागरिक उड्डयन प्राधिकरणको टिमले अनुगमन समेत गरेको छ ।

लामो समयको अथक प्रयासपश्चात् निर्माण कार्य सम्पन्न भएको र चाँडै खिजिचण्डेश्वरीमा हवाई उडान हुने विश्वास रहेको गाउँपालिकाका अध्यक्ष बेदवहादुर रोकाले बताउनुभयो ।

मौसम अनुकूल भएमा परीक्षण उडान गर्न केही समस्या नरहेको कुरा अनुगमनपश्चात् नागरिक उड्डयन प्राधिकरणको टोलीले बताएको छ । उहाँका अनुसार मौसम अनुकूल भएमा पुसको पहिलो साता परीक्षण उडान गर्ने तयारी रहेको छ । केही दिन अघि परेको पानीले भिजेको मैदान सुक्न साथ उक्त हवाई मैदानमा परीक्षण उडान गर्ने गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो ।

निर्माण सम्पन्न भएको उक्त हवाई मैदानमा नियमित उडान भएमा यस जिल्लाको पश्चिमी उत्तरी क्षेत्रका खिजीदेम्बा, सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड तथा लिखु तामाकोसी गाउँपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । नियमित उडान भएमा दिनमा १५ देखि १८ घण्टा लगाएर गाडीमा रामार्गसम्म आउनुपर्ने जोखिमसमेत अन्त्य हुनेछ ।

- गोरखापत्र दैनिकमा समाचार छ ।