2026-10-26 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा २ घण्टा हातमा नेपाली झण्डा र टोपी लगाएर पदयात्रा

अर्जुन बराल | पुस १६, सोल | पश्चिमा संस्कृतिको प्रभाब बृद्धि सँगै नेपाली संस्कृतिको बचाउका लागि भन्दै खासगरि नेपाली दुई युवा डा.लेखनाथ काफले,शंकर बण्जाडेले सार्बजनिक पेज स्थापना गरी पहिलोपटक जनवरी १ लाई अन्तराष्ट्रिय नेपाली टोपी दिवस र नेपाली टोपी लगाउने दिनको रुपमा घोषणा सँगै २०७० साल देखि अंग्रेजी नयाँ बर्ष अर्थात सन् २०१४ जनवरी १ का दिन मनाउँन थालीएको “टोपी दिवस” पश्चिमा पर्बमा रमाउँनु भन्दा नेपाली शैलीमा रमाउँ भन्ने उद्देश्यले राष्ट्रिय पर्बका रुपबाट मनाउँन थालिए सँगै घरदेश देखी बिबिध कारणले टाढिएर प्रदेशमा रहेका नेपालीले बिशेष महत्वदिएर प्रत्येक बर्ष बिबिध कार्यक्रमका साथ मनाएको पाईन्छ ।

दक्षिण कोरियामा पनि यसबर्ष “राष्ट्रका नाममा दुईघण्टा हातमा नेपाली झण्डा र सिरमा टोपी लगाएर पदयात्रा” भन्ने मुल नारालाई आत्मसाथ गदै टोपी दिवस सहित पर्यटन बर्ष २०२० लाई पनि प्रबद्धन गर्ने उद्देश्यले सउल मेट्रोपोलिट्न पुलिस स्टेसनबाट अनुमति लिई दक्षिण कोरियाको ब्यस्त स्थान सउल स्टेसन देखि सउल टावर सम्म नेपाली झण्डा सहित नेपालको बिभिन्न क्षेत्रको दृश्य अंकित कार्ड बोकि पदयात्रा गरि कार्यक्रम सम्पन्न भएको थियो भने नेपाल पर्यटन बर्ष २०२० को नारा “नेपाल लाईफटाईम एक्सपिरिएन्सेस” लाई कार्यक्रमबाट प्रबद्धन गरिएको देख्न सकिन्थ्यो ।

नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि एंवम अन्तराष्ट्रिय टोपी प्रतिष्ठान कोरियाका संयोजक केपि सिटौला सहित गैह््र आवासिय नेपाली संघ,राष्ट्रका लागि नागरिक स्वतन्त्र अभियान,सोसाईटी अफ नेप्लीज स्टुडेन्ट ईन कोरिया(सोन्सिक) लगाएत कोरियामा रहेर बिभिन्न पेशामा संलग्न रहेका नेपालीहरु सहित कोरियाका केही मिडियाको पनि कार्यक्रममा उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने