2026-09-08 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक, पत्रकारदेखि नेतासम्म दक्षिण कोरिया गुपचुप गए खोई के सिकेर आए ?

अर्जुन बराल | माघ २६, दक्षिण कोरिया | दक्षिण कोरिया झट्ट नाम सुन्दा सर्वप्रथम जो कोही नेपालीको दिमागमा रोजगार प्रक्रिया प्रणाली मार्फत आप्रबासी कामदार भित्राउने देश भनेर सम्झेपनि यहाँ अध्ययन व्यापार, व्यवसाय, शिक्षण लगाएत बिभिन्न पेशामा संलग्न भएर बर्षमा हजारौ बिभिन्न देशका आप्रवाशीहरु प्रवेश गर्दछन् ।

कोरियाको छोटो समयमा भएको द्रुत गतिको विकासलाई हेर्न नेपालबाट पनि विविध योजना अन्तर्गत राजनीतिक दल तथा प्रदेश एंवम स्थानीय सरकारका प्रतिनिधि पनि दक्षिण कोरिया बेलाबेलामा आउने गर्दछन् । तर पछिल्लो समय अर्थात माघ १८ गते शनिबार नेपाल देखि थाईएअरलाइन्सको बिमानबाट राजनीतिक दलका प्रतिनिधि,पत्रकार, विभिन्न  संस्थामा आबद्ध व्यक्ति, गायक लगाएत नेपालीहरु बिबादास्पद क्रिस्चियन धर्म प्रचारक संस्था भनेर नेपाली मिडियाले समाचार प्रकाशन तथा प्रसारण गरेका थिए । उक्त संस्थाको आफनो आधिकारीक वेवसाईटमा विश्व शान्तिका लागि काम गर्ने उल्लेख गरेको संस्था युनिभर्सल पिस फेडेरेसन(युपिएफ)ले फेब्रुअरी २–७ सम्म आयोजना गर्ने कार्यक्रम “वल्र्ड पिस समिट २०२०” मा भाग लिन दक्षिण कोरिया प्रस्थान गरेका थिए भने उनीहरुका लागि कोरियामा लोट्टो होटलका कोठाहरु बुकिङ्ग गरिएको थियो ।                                        

को को उपस्थिती भए ?                                                                                                   

यता दक्षिण कोरिया स्थित नेपाली दुतावासलाई समेत नेपालको परराष्ट्र मन्त्रालयले पूर्ब उपराष्ट्रपति परमानन्द झा र पूर्ब उपप्रधानमन्त्री एवंम परराष्ट्र मन्त्री सुजाता कोईरालालाई आवश्यक सहयोग र समन्वय गरिदिनका लागि भन्दै चिठ्ठी नै पठाईएको भन्ने जानकारी प्राप्त भएको छ । यसै संस्थाले गतवर्ष काठमाण्डौमा होली वाईन कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा उपस्थिती हुन युनिफिकेशन चर्च प्रमुख डा.हक जा हान् मुन नेपालमा आएकी थिईन भने प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषदको स्वीकृति वेगर  युनिफिकेशन पिस फेडेरेसनको एकलाख अमेरिकी डलर राशीको लिडरशिप एण्ड गर्भरमेन्स एवार्ड हक जा हानबाट ग्रहण गरेका थिए जसले गर्दा नेकपा पार्टी भित्रै विरोध भएको थियो ।

बि.सं.२०५२ सालमा सिद्धान्त महाबिद्यालय संघ नेपालमा स्थापना गरेसँगै यस युनिभर्सल पिस फेडेरेसनको मुख्य संस्था युनिफिकेशन चर्चले कुनैबेला समाजसेवाका नाममा बिद्यार्थीहरुले किताबकापी कलम समेत बेच्ने गर्दथ्यो । यस संस्थाले पछिल्लो समय एकता एकेडमी,रिलिजियस युथ सर्भिस,युथ एण्ड स्टुडेन्ट फर पिस लगाएत बिभिन्न संस्थाको नाममा आफनो कार्यक्रम चलाईरहेको छ। साथै युनिफिकेश पिस फेडेरेशनको नेपालमा नक्साल स्थित कार्यालय छ भने परिवारदलका अध्ययक्ष एकनाथ ढकाल नेपाल प्रमुख हुँन् ।

युनिभर्सल पिस फेडेरेसनका संस्थापक डा. सन् म्योङ मुनको १०० औ जन्मजयन्तीको अवसर पारेर दक्षिण कोरियाको राजधानी सौलमा आयोजना गरिएको बल्र्ड पिस समिट कार्यक्रममा संयुक्त राष्ट्र संघका पूर्ब महासचिब वान कि मुनलाई सन् हाक शान्ति पुरस्कार प्रदान गरिएको थियो भने कार्यक्रममा नाईजेरिया,फिनल्याण्ड,फिलिपिन्स,भारत,कम्बोडिया लगाएत बिभिन्न राष्ट्रका बिशेष प्रतिनिधिहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग