2026-10-26 04:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिसी महानगर क्षेत्रका नेपाली समुदायले किने १७ लाख डलर नगदमा सामुदायिक भवन

विजय थापा | फागुन १६, ,डिसी | अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले अन्तत्वगत्वा सामुदायिक भवन किन्न सफल भएका छन् । त आँट म पुर्याई दिन्छु भन्ने उखान झैँ डिसी क्षेत्रका नेपाली समुदायले एक बर्ष भित्र तयारी अवस्थामा रहेको सामुदायिक भवन खरिद गरेका हुन् |

१.७ मिलियन अर्थात् १७ लाख डलर पर्ने उक्त भवनको सबै रकम चुक्ता गरि नेपाली समुदायको नाममा धनीपूर्जा तथा सम्पूर्ण कागजातहरु हात लागेको छ | ३.१ एकड क्षेत्रफल भएको उक्त निर्मित भवनमा करिव २ सय ५० देखि ३ सय सम्म सवारी साधन राख्ने व्यवस्था छ |

फेब्रुअरी २६ बुधबारका दिन भर्जिनिया राज्यको मनासस शहर को बल्सफोर्ड सडक स्थित उक्त भवनमा नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक )का पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा नामसारी गरिएको छ ।

उक्त नया खरिद गरिएको भवन नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)को नाममा नामसारी भएको छ । उक्त नामसारी प्रक्रिया न्याकको तर्फबाट अरुण  रूपाखेती,डा मदन उप्रेती(चिकित्सक) र मधु पन्थीले हस्ताक्षर गरेका थिए |

नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)ले गत फेब्रुअरी २५ का दिन १७ लाखमा किनेको उक्त जग्गा सहितको भवनको मूल्य २.५ मिलियन अर्थात् पच्चीस लाख डलर वृद्धि भएको पदाधिकारीले संचारकर्मीलाई बताए |

उनीहरुले किनेको जग्गाको बिमा गर्ने सम्बन्धमा कुराकानी गर्दा बिमाका अधिकारीले उक्त जग्गा कम्तिमा २ मिलियन ( २० लाख डलर )बजार भाउ रहेको जानकारी गराएका थिए | उक्त भवनमा सभा सम्मेलन कक्षमा मात्र ७ सय मानिस अटाउने क्षमता रहेको छ । खरिद गरीएको उक्त भवन ३ तले रहेको छ भने जसमा २२ वटा कोठा माथिल्लो दुई तलमा रहेका छन् । उक्त कोठाहरु बैठक कक्षको रुपमा हाल सम्म प्रयोग भै रहेका छन् । यसै गरि भुई तलामा प्रसस्त कोठाको साथै भान्सा समेत बनि बनाउ रहेको छ । नया खरिद गरिएको भवनमा मर्मतका काम पनि रहेकोले सबै भन्दा पहिला उक्त काम गर्ने लक्ष्य रहेको र तुरुन्तै सुरु गर्ने पदाधिकारीहरुले जानकारी दिएका छन् |

स्मरण रहोस भर्जिनिया कै मनासस स्थित अमेरिका नेपाल सहयोगी समाजले आफ्नो मन्दिर बनाउन खरिद गरेको जग्गा पनि यसै परियोजनामा गाभ्ने योजना सहित केही दिन अगाडी दुई लाख डलर न्याकलाई हस्तान्तरण गरेको थियो |

नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)ले यति ठूलो रकम ,१७ लाख डलर (करिव १८ करोड) नगद सबै चुक्ता गरेको नेपाल बाहिर नेपाली समुदायको ईतिहासमा बिश्व मै सम्भवत पहिलो हुन् पुगेको छ | यो सबै बिशेष गरि डिसी महानगर क्षेत्रमा नेपाली समुदाय एक जुट र एक ढिक्का भएको हुनाले यो सम्भव भएको हो | गत बर्ष वाचन प्रविण दिनबन्धु पोखरेललाई नेपाल बाट झिकाई सप्ताह कार्यक्रममा २० लाख डलर भन्दा ज्यादा सङ्कलन गरिएको थियो | जसमा नगद मात्र ११ लाख डलर भन्दा ज्यादा सङ्कलन भएको थियो |

धनिपुर्जा प्राप्त गरे पछि खरिद गरिएको उक्त भवनमा नेपाली समुदाय र यसका पदाधिकारीहरुको अत्यधिक खुसि भएका छन् । सबै संग गरिएको कुराकानीमा सबैले यो ऐतिहासिक क्षण ,सर्वाधिक हर्षको दिन ,खुशीको क्षण ,आनन्द लागेको भन्दै यसलाई एक नमुनाको रुपमा बनाउनु पर्ने भन्दै सबैलाई एकता र सहयोगको लागि आब्हान गरेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने