2026-09-08 08:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसको आशंकामा तीन नेपाली फ्रान्सको अस्पतालमा

फागुन २०, पेरिस | कोरोना भाइरसबाट संक्रमित भएको आशंका गरि तीन नेपालीलाई फ्रान्सेली प्रहरीले नियन्त्रणमा लिएर पार्पिन्यो अस्पतालमा भर्ना गरको छ । इटालीबाट स्पेन हुँदै फ्रान्स आइपुगेका उनीहरूलाई संक्रमणको लक्षण देखिएको भन्दै गत बुधबार ओरियन्तालस्थित पेर्तुसको सीमा रक्षक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

फ्रान्सको आवासीय इजाजत नभएकाले उनीहरूको नाम सार्वजनिक नगरिएको पेर्तुसस्थित प्रहरीले जनाएको छ । स्पेनको कातालोन्य क्षेत्रका प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनीहरूलाई फ्रान्सको आर्तुसस्थित सीमा रक्षक प्रहरीको जिम्मा लगाएको थियो । 

इटालीबाट स्पेन हुँदै फ्रान्स पसे पनि युरोपेली परिषद् (सेन्जेन) को अध्यागमन नियम र सुविधाअनुसार फ्रान्स प्रहरीले इटाली फिर्ता नपठाई अस्पताल भर्ना गरको हो। आर्तुसका प्रहरीले अस्पतालसम्म निजी एम्बुलेन्समार्फत पुर्याएको थियो ।

आप्रवासी भएकाले गोपनीयताको कारण भन्दै अस्पतालका अधिकारीले पनि उनीहरूको नाम ठेगाना खुलाउन मानेका छैनन् । फ्रान्सका १२ प्रान्तमा हालसम्म एक सय ३० जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ भने तीन जनाको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग