२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्पेनबाट आउने नेपालीहरुले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

२०७६, ३० फाल्गुन शुक्रबार ०५:११

फागुन ३०, काठमाडौं | नोवेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वभरी फैलिदै गएका कारण स्पेनबाट फर्किने नेपालीहरूले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ | स्पेनमा पनि कोरोनाभाइरस तीव्ररुपमा फैलिरहेको छ |

म्याड्रिडस्थित नेपाली दूतावसले एक सूचना जारी गर्दै स्पेनमा रहेका नेपाली घर फर्किए क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको जनाएको छ । साथै दूतावासले नेपाल फर्किने भिसा अनिवार्य दूतावसबाट नै लिन र आवेदन दिँदा कोरोना नभएको प्रमाण पेस गर्न पनि भनेको छ |

स्पेनमा कोरोनाको संक्रमणदर उच्च भएकाले सेवा लिन दूतावासमै आउनु पर्ने बाध्यतालाई भने दूतावासले हटाएको छ । दूतावासको टेलिफोन वा कर्मचारीको मोबाइलमा सम्पर्क गरी सम्पूर्ण जानकारी लिन सकिने बताइएको छ |

दूतावासबाट दिइने सेवा अर्को व्यवस्था नहुन्जेल पोष्टल सिष्टमबाट प्रदान हुने दूतावासले जनाएको छ | सेवाग्राहीले जुनसुकै बेला दूतावासको पोष्ट बक्समा डकुमेन्ट छाडेर जान सक्ने छन् । यसरी छाडिएका डकुमेन्टको तत्काल कारबाही गरेर फोनमार्फत बोलाउने व्यवस्था दूतावासले मिलाएको छ ।

कोरोनाका कारण स्पेनमा ४५ बढीको मृत्यु भइसकेको छ । नेपाल सरकारले स्पेनसहित ८ देशलाई उच्च संक्रमित देशको सूचीमा राखी आवागमन, भिसा र स्वास्थ्य परीक्षणका लागि विशेष व्यवस्था गरेको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण