२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्पेनबाट आउने नेपालीहरुले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

३० फाल्गुन २०७६, शुक्रबार ०५:११

फागुन ३०, काठमाडौं | नोवेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वभरी फैलिदै गएका कारण स्पेनबाट फर्किने नेपालीहरूले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ | स्पेनमा पनि कोरोनाभाइरस तीव्ररुपमा फैलिरहेको छ |

म्याड्रिडस्थित नेपाली दूतावसले एक सूचना जारी गर्दै स्पेनमा रहेका नेपाली घर फर्किए क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको जनाएको छ । साथै दूतावासले नेपाल फर्किने भिसा अनिवार्य दूतावसबाट नै लिन र आवेदन दिँदा कोरोना नभएको प्रमाण पेस गर्न पनि भनेको छ |

स्पेनमा कोरोनाको संक्रमणदर उच्च भएकाले सेवा लिन दूतावासमै आउनु पर्ने बाध्यतालाई भने दूतावासले हटाएको छ । दूतावासको टेलिफोन वा कर्मचारीको मोबाइलमा सम्पर्क गरी सम्पूर्ण जानकारी लिन सकिने बताइएको छ |

दूतावासबाट दिइने सेवा अर्को व्यवस्था नहुन्जेल पोष्टल सिष्टमबाट प्रदान हुने दूतावासले जनाएको छ | सेवाग्राहीले जुनसुकै बेला दूतावासको पोष्ट बक्समा डकुमेन्ट छाडेर जान सक्ने छन् । यसरी छाडिएका डकुमेन्टको तत्काल कारबाही गरेर फोनमार्फत बोलाउने व्यवस्था दूतावासले मिलाएको छ ।

कोरोनाका कारण स्पेनमा ४५ बढीको मृत्यु भइसकेको छ । नेपाल सरकारले स्पेनसहित ८ देशलाई उच्च संक्रमित देशको सूचीमा राखी आवागमन, भिसा र स्वास्थ्य परीक्षणका लागि विशेष व्यवस्था गरेको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल