नविन रावत, साउन २, सल्यान । सल्यानमा यो बर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नविन रावत, साउन २, सल्यान । सल्यानमा यो बर"/>
२०८३, १६ जेष्ठ शनिबार
अर्थ/विकास

सल्यानमा राजस्व संकलन बढ्यो, सिचाईबाट २ करोड भन्दा बढि फ्रिज

२०७३, २ श्रावण आईतवार १०:५६

नविन रावत, साउन २, सल्यान । सल्यानमा यो बर्ष गत बर्ष भन्दा ७७ लाख भन्दा बढी राजस्व संकलन भएको छ । भर्खरै सकिएको आर्थिक बर्षमा ७ करोड ६३ लाख ८७ हजार राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय सल्यानले जनाएको छ । गत बर्ष ६ करोड ८६ लाख ३३ हजार मात्रै राजस्व संकलन भएकोमा यो बर्ष अग्रिम आय, राहदानी, मुल्य अभिवृद्धि, पारिश्रमिक कर तथा बनको रोयल्टीबाट उक्त रकम संकलन भएको हो ।


      यो बर्ष राजस्व संकलनका लागि कडाइ गरिएकोले सल्यानमा वृद्धि भएको कोष नियन्त्रक पदम प्रसाद घिमिरेले जनाएका छन । अवको आर्थिक बर्षमा झनै राजस्व वृद्धि हुने घिमिरेले जनाएका हुन । हरेक व्यक्ति करको दायरामा आउनुपर्ने भन्दै उनले जनताको काम गर्न खटिएका कर्मचारीबाट नै गतबर्ष भन्दा बढि राजस्व संकलन भएको हो ।


      त्यस्तै जिल्ला विकास समिति, प्राविधिक कार्यालय, सिंचाई, खानेपानी लगायतका कार्यालयबाट ठुलो मात्रामा रकम फ्रिज भएको पनि उनले जानकारी दिएका छन । विकासे कामकाजका अड्डा जिविस र प्राविधिक कार्यालयबाट रकम फ्रिज जानु स्वभाविक भएता पनि अन्य कार्यालयबाट फ्रिज हुनुमा कर्मचारीको कमजोरी भएको भन्दै कतै कर्मचारीको अभाव हुनु र कतै भएका कर्मचारी पनि काजमा अन्य ठाउमा जानुले जिल्लाको विकासमा समस्या आएको बताएका छन ।


      सल्यानमा सबैभन्दा बढि रकम सिचाई डिभिजन कार्यालयबाट फ्रिज भएको छ । पुजिगत तर्फ ३ करोड ४१ लाख ७५ हजार कुल बजेट रहेको सिचाई कार्यालयको २ करोड ५६ लाख २७ हजार रुपैयाँ फ्रिज भएको हो । कार्यालयमा कार्यालय प्रमुखको नियमित नआउदा सिचाइ कार्यालयबाट हुने योजनाहरु सम्झौता नभएकाले रकम फ्रिज भएको हो ।


निर्माणको काम हुने सिचाई कार्यालयमा टेन्डर प्रक्रियाबाट ठेक्काको काम हुने भएकाले यसले आगामी नयाँ आर्थिक बर्षलाई पनि असर पार्ने अर्को बर्ष पनि रकम फ्रिज भएर जाने पक्का छ । सिचाई डिभिजन कार्यालयमा कार्यालय प्रमुख नहुदा अन्य कर्मचारीले हाँजिरी लगाउने र जाने मात्रै गरेको एक कर्मचारीले जानकारी दिएका छन ।


      त्यस्तै जिल्ला खानेपानी तथा सरसफाई कार्यालयबाट पनि लाखौ रकम फ्रिज भएको छ । सरसफाईको कार्यक्रम गरेर भर्खरै जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणामा अगुवाइ गरेको कार्यालयबाट ६० लाख रकम फ्रिज भएको हो । केहिदिन अघि भएको जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा सरसफाई मन्त्री प्रेम बहादुर सिंहले सल्यानमा रकम खर्च गर्न नसकेका कारण दिन खोजेको रकम पनि फिर्ता भएको बताएका थिए ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड