2026-10-26 04:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सूरक्षागार्डलाई कार्यक्षेत्रमा आफ्नै सुरक्षाको समस्या, सरकार र रोजगारदाताले चासो नदिएको गुनासो

चैत्र १८, काठमाडौं । सुरक्षा व्यवसायी संगठन नेपालले सुरक्षा गार्डको सुरक्षाका विषयमा सरकार र रोजगारदाता कम्पनी दुवैले चासो नदेखाएको गुनासो गरेको छ । सुरक्षा गार्डपनि प्रहरी जस्तै लकडाउनको अवस्थामा पनि अरुको सुरक्षाको लागि खटिरहेको अवस्थामा उनीहरुको बारे सरोकारवाला नै चासो नदिएको सुरक्षा व्यवसायी संगठन नेपालका अध्यक्ष उद्धबराज डल्लाकोटीले बताए ।

हाल विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले विश्वलाई नै आतंकित बनाइरहेको छ । कोरोना भाइरसका संक्रमण फैलिएसँगै सरकारले देशभर लकडाउन गरेको अवस्थमा अत्याश्यक सेवामा खटिने बाहेक सबै क्षेत्रका कर्मचारीले बिदा पाएका छन् । तर, निजी क्षेत्रका तर्फबाट सुरक्षा दिदै आएका सुरक्षा गार्डले भने बिदा पाएका छैन । उनीहरु यो अवस्थामा पनि सुरक्षाका लागि खटिरहेको संगठनका अध्यक्ष डल्लाकोटी बताउँछन्  । 

नेपालमा निजी क्षेत्रबाट बिभिन्न बैंक तथा वित्तिय संस्था, अन्य संस्था ,सरकारी, अर्ध सरकारी कार्यलय, उद्योग, कलकारखाना, अस्पताल, होटल, स्कूल, कलेज, कुटनैतिक नियोग लगायतका कार्यालयहरुमा २४ सै घण्टा आलोपालो गदै काम गदै आएका सुरक्षा गार्डलाई आवतजावतमा समेत समस्या भइरहेको उनले बताए ।

नेपाल प्रहरी, नेपाली सेना र सशत्र प्रहरी बल जस्तै निजी क्षेत्रबाट प्रदान गरिने सुरक्षा सेवा पनि अत्यावश्यक सेवाभित्र पर्ने संगठनको बुझाई छ । सुरक्षा गार्डले सरकारलाई सुरक्षाको क्षेत्रमा महत्वपुर्ण सहयोग पुर्याउंदै आएपनि उनीहरुको स्वास्थ्य र यस्तो महामारीका बेला आवश्यक सुविधा सरकारले नदिएको संगठनका अध्यक्ष डल्लाकोटीले बताए । ‘आलोपालो मिलाई सुरक्षा गर्नुपर्ने सुरक्षा गार्डलाई कम्पनीका सञ्चालक,  कर्मचारीलाई नेपाल सरकारले सवारी साधन लिएर हिंड्न रोक लगाएका छन् । जसका कारण उनीहरुलाई काम र घरमा आउन जान समस्या भइरहेको छ ।’ अध्यक्ष डल्लाकोटीले भने, ‘सुरक्षा गार्डलाई आआफ्नो निवासबाट डियुटीमा आवतजावत गर्न वातावरण सरकारले बनाइ दिर्नुपर्छ । सुरक्षा ब्यबसायी संगठन नेपालले यो विषयमा सरकारलाई पटकपटक आग्रह गरेको छ ।’

निजी क्षेत्रबाट खटिने सुरक्षागार्डलाई रोजगारी तथा कार्य क्षेत्रसम्म आवतजावत गर्नको वातावरण मिलाइदिन सम्बन्धीत निकायलाई आग्रह गरेको उनको भनाई छ । हाल देश भर २ लाखभन्दा धेरै सुरक्षागार्ड कार्यरत रहेको संगठनले जानकारी दिएको छ । कोरोना भाइरसको महामारीमा पनि उनीहरुले काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने