२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका नेपाली विद्यार्थीलाई सघाउँदै इक्यान

२४ चैत्र २०७६, सोमबार ०२:५६

चैत २४, काठमाडौँ | नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले उच्चशिक्षाका लागि विदेशमा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्न आपतकालीन फारममार्फत् समस्या दर्ता लिन थालेको छ । उक्त फारममा संसारका कुनै पनि देशमा रहेका नेपाली विद्यार्थीले आफ्नो समस्या दर्ता गर्न सक्नेछन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विदेशमा अध्ययनरत विद्यार्थीहरु समस्यामा पर्न थालेपछि इक्यानले त्यस्ता विद्यार्थीलाई सहयोग गर्न ‘इक्यान कोभिड १९ आपतकालीन रजिष्ट्रेसन फारम’ को शुरुवात गरेको हो । इक्यानका अध्यक्ष प्रकाश पाण्डेका अनुसार विद्यार्थीलाई आइपर्ने समस्या समाधानका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सम्बन्धित देशका दूतावास, गैह्र आवासीय नेपाली सङ्घ (एनआरएनए), नेपालस्थित परामर्श सङ्घहरु, सम्बन्धित देशका परामर्श सङ्घ, कन्सलटेन्सी तथा विभिन्न सङ्घसंस्थासँग सहकार्य गरी सहयोग गरिनेछ ।

यसअघि नेपाल राष्ट्र बैंकले नेपालबाट अभिभावकले विदेशमा रहेका आफ्ना विद्यार्थीलाई बढीमा ५०० अमेरिकी डलर खर्च पठाउन सक्ने व्यवस्था भइसकेको छ । सो रकम बढाउन पनि इक्यानले माग गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य