2026-10-26 04:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा अलपत्र नेपालीलाई फर्कनका लागि वातावरण तयार गर्न एनआरएनको माग

वैशाख ७, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल  नेपाल फर्कनका लागि आवश्यक वातावरण तयार गर्न नेपाल सरकारसमक्ष माग गरेको छ ।  एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको नेतृत्वमा आज एक प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई छबुँदे ध्यानाकर्षणपत्र बुझाउँदै खानाबस्नकै समस्या भोग्नेका लागि खाद्यान्नलगायत अत्यावश्यक वस्तु वितरण गर्न र  विदेशबाट फर्कनेहरुलाई नेपालमा पुनःस्थापना गर्न माग गरेको छ ।

  एनआरएनले अप्ठेरामा परेका र नेपाल फर्कन अति आवश्यक भएकाहरुका हकमा कुनै उपाय गरी स्वदेश फर्काउने वातावरण बनाउन तथा फर्केपछि अनिवार्य निश्चित समय क्वारेन्टाइन र सेल्फ आइसोलेशनमा बस्ने व्यवस्था गर्न आग्रह गरेको एनआरएन, कोभिड– १९, उच्चस्तरीय समितिका  प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो । 

हाल खानाबस्नकै समस्या भोग्नेका लागि आफू र सम्बन्धित नेपाली नियोगसमेतको समन्वयमा खाद्यान्नलगायत अत्यावश्यक वस्तु वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै एनआरएनले सरकारले राख्ने रकमको अनुपातमा एक हिस्सा राख्न आफू पनि तयार रहेको जनाएको छ ।

विदेशबाट फर्कनेमध्ये आईसोलेशनमा रहने अवस्थामा मनोचिकित्सकको समेत सल्लाह पाउन सक्ने व्यवस्था मिलाउन र उनीहरुलाई नयांँ उद्योग व्यवसाय शुरु गर्न आवश्यक सूचना प्रवाह हुने र जानकारी दिने व्यवस्था मिलाउन एनआरएनले ध्यानाकर्षण गराएको छ ।

 फर्कनेहरुलाई नेपालमा पुनःस्थापना गर्न र  रोजगार वा स्वरोजगारमा लाग्न उत्प्रेरित गर्ने किसिमका कार्यक्रम ल्याउन, तिनको सीपको विवरण संकलन गरी  नेपालमा प्रयोग गर्ने गरी सीप बैंकको स्थापना गर्न र यसको विवरण नेपाली उद्यमी व्यवसायीलाई उपलब्ध गराउन माग गरिएको छ । नेपालमा फर्कनेका लागि सस्तो ब्याजमा ऋण पाउने व्यवस्थाका साथ मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्न पनि आग्रह गरिएको छ ।

विदेशमा जानेले सिकेको सीपका आधारमा आफ्नै व्यवसाय शुरु गर्न चाहनेहरुलाई मद्दत गर्ने कार्यक्रम एवं तिनलाई सहज र सस्तो ब्याजमा ऋण पाउने व्यवस्था मिलाउन तथा मुख्यतः कृषिको आधुनिकीकरणका क्षेत्रमा प्रयोग गर्ने नीति लिन  सुझाव दिइएको छ ।

 प्रतिनिधिमण्डलमा एनआरएनका उपाध्यक्ष सोनाम लामा, बहराइनका पूर्वाध्यक्ष श्याम तामाङ, प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडीलगायतको सहभागिता थियो ।  यसैबीच एनआरएनअन्र्तगतको कोभिड–१९ उच्चस्तरीय समितिका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आज टेलिकन्फ्रेन्समार्फत बसेको बैठकले विदेशस्थित नेपाली नियोग र नेपाल सरकारबीच आवश्यक छलफल गर्दै राहत वितरणलाई तीव्रता दिने निर्णय गरेको छ । बैठकमा पूर्वशिक्षामन्त्री गंगालाल तुलाधारलगायत समितिका सदस्यको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने