साउन ४, न्यूयोर्क । जन सम्पर्क समिति अमेरिकाको हिनामिना भएको रकम फिर्ता आएको "/>
साउन ४, न्यूयोर्क । जन सम्पर्क समिति अमेरिकाको हिनामिना भएको रकम फिर्ता आएको "/>
साउन ४, न्यूयोर्क । जन सम्पर्क समिति अमेरिकाको हिनामिना भएको रकम फिर्ता आएको छ । भुकम्प पिडितका नाममा उठाइएको रकम खाताबाट हिनामिना भएपछि चर्को बहसमा आएको समितिको रकम फिर्ता भएको हो । भुकम्प पिडितका लागि उठाएको रकमको संस्थाको खाताबाट निकालिएको नगद रकम मध्ये २२ हजार डलर महासचिव मुनेन्द्र नेम्बागंले र १० हजार ५ सय कोषाध्यक्ष बिजय थुलुगंले खातामै फिर्ता गरेका छन् । संस्थाको रकम मध्ये ७ हजार ५ सय डलर पहिल्यै नै काठमाण्डौको गागलखेतीको भुकम्प पिडित बिद्यालय निर्माणको लागि निकासा गर्ने निर्णय भए पनि बिबाद आएपछि मात्र कोषाध्यक्षले निकासा गरेको जनाइएको छ । हिनामिना भएको रकम मध्ये अध्यक्ष गोरख बिष्टको नाममा काटिएको ५ हजार डलरको चेक पनि कोषाध्यक्ष थुलुंगले अन्यत्रै जम्मा गरेको र आफुले चांडै फिर्ता गर्ने लिखित जानकारी संस्थालाई दिएका छन् । भुकम्प आए लगत्तै अध्यक्ष बिष्टको नेतृत्वमा नेपालमा पुगेर सहयोग गरेको संस्थाले नेपालमा ३९ लाख रुपैया नगद र भौतिक सहयोग समेत गरेको थियो । संस्थाको नाममा रहेको खातामा अध्यक्ष बिष्ट, महासचिव नेम्बागं र कोषाध्यक्ष थुलुगंको संयुक्त नाममा रहेको भए पनि अध्यक्षको जनाकारी बिना दुइ जनाले रकम निकालेको अध्यक्षले थाहा पाएपछि मात्र समितिले रकम हिनामिना भएको खबर सार्बजानिक भएको थियो । अध्यक्ष बिष्टले रकम हिनामिना भएको खबर बाहिर ल्याएपछि महासचिव र कोषारध्यक्षले पनि अध्यक्ष बिष्टलाई समेत आरोप लगाएका थिए । दुबै पक्ष बिच आरोप प्रत्यारोप चलेपनि हाल महासचिव र कोषाध्यक्षले समितिको रकम खातामानै फिर्ता गरेका छन् । अध्यक्षले छानबिनको प्रकृया अगाडि बढाएपछि महासचिव र कोषाध्यक्षले रकम पुन खातामै राखेको जनाइएको छ । रकम पुन खातामा आएको पुष्टि गर्दै अध्यक्ष बिष्टले आफु सिपिएसंग परामर्शमा रहेको र त्यसपछि सबै हिसाब बाहिर ल्याउने बताएका छन् । प्राय राजनितिक रुपमा बिबादमा आउने समिति यस पटक भुकम्प पिडितको रकम हिनामिनाको समाचारले निकै बिबादमा आएको थियो ।कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
जनसम्पर्क समिति अमेरिकाको हिनामिना भएको रकम फिर्ता
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार