२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा २५ हजारमा कोरोनाभाइरसको संक्रमण

३१ बैशाख २०७७, बुधबार ०९:४०

वैशाख ३१, दोहा (रासस–सिन्ह्वा) | नेपाली र भारतीय कामदारहरुको निकै ठूलो संख्या रहेको कतारमा कोरोनाभाइरसबाट संक्रमितको संख्या २५ हजार १४९ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मंगलबार मात्र एक हजार ५२६ जना नयाँ संक्रमित भेटिएको बताएको छ । कूल संक्रमितमध्ये हाल २२ हजार ११६ जना उपचारका क्रममा रहेका छन् ।

कतार समाचार एजेन्सीका अनुसार कतारमा तीन हजार १९ जना निको भएर डिस्चार्ज भएका छन् भने १४ जनाको मृत्यु भएको छ । 

नयाँ संक्रमित व्यक्तिमध्ये अधिकांश विदेशी कामदार रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना पुष्टि भएकाहरु सबैलाई क्वारेन्टिनमा राखिएको छ । कतारमा एक लाख ३४ हजार २९४ जनाको परीक्षण गरिएको पनि मन्त्रालयले स्पष्ट गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य