२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरबाट नियमित रिपोर्टिङ गर्दै आएका पत्रकारलाई कोरोना संक्रमण

२०७७, ३ जेष्ठ शनिबार ०८:४६

जेठ ३, उदयपुर | गाईघाटमा बसेर कोरोना प्रभावित भुल्के क्षेत्रमा नियमित रिपोर्टिङ गर्दै आएका एक जना पत्रकारलाई कोरोना संक्रमणको पुष्टि भएको छ । गाईघाट बजार नजिकै बस्दै आएका २५ वर्षीय ति पत्रकार कोरोना पोजिटिभ पुष्टि भएको हो । 

संक्रमित पत्रकार भुल्केका होइनन् । तर उनलाई रिपोर्ट बनाउने क्रममै संक्रमित भएको हुनसक्ने अनुमान गरिएको छ । 

उनीसहित उदयपुरमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । १५ जना भए निको भएर डिस्चार्ज भईसकेका छन् । उदयपुरमा पहिलो पटक वैशाख ५ गते भुल्केको नूरी मस्जिदमा बस्दै आएका १२ जना जमातीमा कोरोना पोजिटिभ देखिएको थियो । 

संक्रमित पत्रकारको ३१ गते पिसिआर परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयले थ्रोट स्वाबको नमुना संकलन गरेको थियो । उनमा शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित प्रयोगशालाले दिएको रिपोर्ट अनुसार कोरोना पोजिटिभ देखिएको हो । संक्रमित पत्रकारलाई शनिबार उपचारका लागि विराटनगरस्थित कोसी अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो