२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गैरआवासीय नेपाली सङ्घको टर्की शाखा गठन

३ जेष्ठ २०७७, शनिबार ०८:५४

जेठ ३, काठमाडौँ | गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले टर्कीमा आफ्नो शाखा विस्तार गरेको छ । ‘टर्की नेपाली समाज’ का अध्यक्षसमेत रहनुभएका उज्वलकुमार घिसिङको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन गरिएको एनआरएनएले जनाएको छ ।

टर्कीमा हजारौँको सङ्ख्यामा नेपाली रहेको र हाल विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण समस्यामा परेका नेपालीलाई समिति गठनपछि सहयोगका लागि समन्वय गर्न सहज हुने एनआरएनएले विश्वास लिएको छ । एनआरएनएका उपाध्यक्ष डा बद्री केसीले विशेष पहलमा टर्कीमा रहेका नेपालीहरुसँगको छलफलपछि समिति गठन गरिएको हो ।

समितिले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत छलफल गरी कोरोनाका कारण टर्कीमा समस्यामा परेका नेपालीलाई सहयोगका लागि पहल गर्ने निष्कर्ष निकालेको  एनआरएनएको ‘कोभिड–१९ उच्चस्तरीय समिति’ अन्तर्गतको स्वास्थ्य समितिका सदस्य अतुल कोइरालाले जानकारी दिनुभयो । 

टर्कीमा अवैधानिकरूपमा बस्दै आएका नेपालीहरुले कोरोना भाइरसको जोखिम रहेको अवस्थामा टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण बनाइदिएको भन्दै स्वदेश फिर्तीका लागि पहल गरिदिन नेपाल सरकारलाई आग्रह गरेका छन् । ‘टर्की नेपाली समाज’ले यस अघि सुविधासहित घर फर्किन टर्की सरकारले दिएको समयसीमा सकिनासाथ अवैधानिक श्रमिकमाथि कारवाही हुने खतरा रहेको जनाउँदै स्वदेश फिर्तीका लागि पहल गरिदिन पत्रमार्फत इस्लामावादस्थित नेपाली राजदूतावासलाई अनुरोध समेत गरेको थियो ।

तश्विरमा: गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष उज्वलकुमार घिसिङ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य