विजय थापा/साउन ५, वाशिंगटन डिसी l डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायले डा. केसीको प्राण रक्षा र उनका जायज मागहरुको समर्थन जनाउदै अमेरिकाको भर्जिनियाको मनासस शहर बाट सरकार र संसदलाई ध्यानाकर्षण गराएको छ l

चिकित्सक केसीको शान्तिपुर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा/साउन ५, वाशिंगटन डिसी l डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायले डा. केसीको प्राण रक्षा र उनका जायज मागहरुको समर्थन जनाउदै अमेरिकाको भर्जिनियाको मनासस शहर बाट सरकार र संसदलाई ध्यानाकर्षण गराएको छ l

चिकित्सक केसीको शान्तिपुर्"/>

2026-09-08 09:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा डा. केसीको समर्थन गर्दै सरकार तथा संसदको ध्यानाकर्षण यसरि गराईयो


विजय थापा/साउन ५, वाशिंगटन डिसी l डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायले डा. केसीको प्राण रक्षा र उनका जायज मागहरुको समर्थन जनाउदै अमेरिकाको भर्जिनियाको मनासस शहर बाट सरकार र संसदलाई ध्यानाकर्षण गराएको छ l

चिकित्सक केसीको शान्तिपुर्ण एवं अहिंसात्मक अभियान सत्याग्रहको पक्षमा उभिदै डिसी महानगर क्षेत्रका नेपाली समुदाय एकत्रित भै डा केसी ले उठान गरेका बिषयमा ऐक्यबद्दता जनाएका छन् l

उक्त कार्यक्रममा जम्मा भएका सहभागीहरुले बिभिन्न प्रकारका नारा लगाउनुको साथै वक्ताहरुले सरकारको रवैया ,माफिया तन्त्र तथा लोकमान सिंह कार्कीले अभिव्यक्त गरेका बिषयमा चर्का नारा लगाउदै खबरदारी समेत गरेका छन् l

कार्यक्रममा वक्ताहरुले डा केसी का बारेमा ज्यादा चर्चा गर्दै यी सबैको जड नै भ्रष्टाचार हो भन्दै जब सम्म यसको उन्मुलन हुदै तब सम्म देश यस्तै भुमरीमा फस्ने हुन्छ भन्ने विचार पोखेका थिए l जस्को शिकार पटक पटक डा केसी जस्ता ईमान्दार हुन्छन भन्दै डा केसी जस्तालाई देशले गुमाउनु पर्ने हुन्छ र गुमाएका पनि छौ भन्ने अभिव्यक्ति दिएका थिए l केसी जस्ता व्यक्ति हजार पटक जन्मनु पर्छ अनि मात्र स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा भएको माफियाको उन्मुलन हुने अभिव्यक्ति दिएका थिए l

केहि वक्ताहरुले अब अमेरिका आउने नेताहरुको बहिस्कार गर्नु पर्छ भन्ने सुझाब दिदै कुनै पनि नेता अमेरिका आउँदा उनीहरुको झोला बोक्न जानु नहुने भनाई राखेका थिए  l वक्ताहरुले डा केसी को पक्षमा बिश्व ब्यापी गराउनु पर्ने अपरिहार्यता रहेकोले सबै एक जुट हुन् आग्रह समेत गरेका छन् l र हस्ताक्षर संकलन गरि नेपाल सरकारलाई दुताबास मार्फत बुझाईने बताएका छन् l

कार्यक्रममा डा केसीको समर्थनमा डा केसीलाई बचाऔ , म डा केसीको साथमा छु ,म पागल ,म डा केसी संग छु ,आज चुप रहे भोलिआफैलाई पनि पर्छ , म ईमान्दारी तथा पवित्रता चाहन्छु जस्ता लेखिएका सामग्रीहरु लिएर सहभागीहरुले नारा लगाएका थिए l

आकाश पाताल हल्लाऔ, डा केसीलाई बचाऔ ,भ्रस्ट माफिया मुर्दाबाद ,डा केसी जिन्दाबाद , गरिब जनता रोगि छ्न नेता जति भोगी छन् , शैक्षिक माफियालाई बहिस्कार गरौ भन्दै बुलन्द आवाज सहित चर्को नारा लगाएका थिए l

कार्यक्रम आयोजना डिसी महानगर क्षेत्रमा विभिन्न संघ तथा संस्थाको पहलमा भएको थियो भने कार्यक्रममा साहित्यकार कृष्ण धरावासी ,मोहन निरौला ,प्रेम पौडेल ,दधिराम ढुंगाना ,कृष्ण भण्डारी ,सागर कंडेल ,पदम राज रेग्मी तथा अमेरिकामा जन्मेका दोश्रो पुस्ताले पनि डा केसीको बारेमा बोलेका थिए l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित