2026-07-25 02:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा पहिलो पटक एक नेपालीलाई मृत्युदण्ड दिइयो, के थियो कसुर ?

जेठ ८, काठमाडौँ | पहिलो पटक कतारमा एक नेपालीलाई मृत्युदण्डको सजाय दिईएको छ । नेपालको औराही–१, मोहत्तरीका अनिल चौधरीलाई गोली हानी मृत्युदण्डको सजाय दिइएको हो ।

कतारमा नेपालीलाई मृत्युदण्डको सजाय दिईएको यो नै पहिलो घटना हो । चौधरीलाई कतारका एक नागरिकको खुकुरी प्रहार गरि हत्या गरेको कारण मृत्युदण्डको सजाय सुनाइएको थियो । चौधरीले कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको ठहर गरेको थियो । 

उनलाई मृत्युईदण्ड दिने तल्लो अदालतको फैसलालाई कतारको सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो । कतारमा हत्या गरिएका नागरिकको परीवारले चौधरीलाई माफी दिन अस्वीकार गरेको थियो । 

मृत्युदण्ड पाएका चौधरीको शव नेपाल पठाउनको लागि स्वीकृति समेत दिईएको छ । 

यहाँ क्लिक गरि वैदेशिक रोजगार मोबाइल एप डाउनलोड गर्नुहोस 

मृत्युदण्ड पाएका चौधरी २०१५ मा कतार गएका थिए । उनि कार धुने कम्पनीमा काम गर्थे । उनले घटना घटाएपछि तल्लो अदालतले मृत्युदण्डको फैशला गरेको थियो । अदालतमा बयान दिने क्रममा अनिलले आफ्नो सुरक्षाका लागि प्रतिकार गर्दा कतारी नागरिकको मृत्यु भएको बताएका थिए । तर अदालतले त्यसलाई हत्या ठहर गर्दै अनिललाई मृत्युदण्डको सजाय सुनाएको थियो । उनले कतारी नागरिकलाई पटक पटक खुकुरी हानेर हत्या गरेका थिए । 

कतारमा एक नेपालीले स्थानीयलाई मारेको यो पहिलो घटना हो । यद्यपि १० जना नेपाली आप्रवासी कामदार जोसँग नेपालीहरुलाई मार्ने क्रममा दोषी छन् । उनीहरु विभिन्न जेलमा जेल सजाय भोगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक