२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा लकडाउन खुकुलो बनाइँदै, जून २१ पछिको मुलुकलाई सामान्य अवस्थामा लैजाने

२०७७, १४ जेष्ठ बुधबार ०१:२७

योगेन्द्र योगी | जेठ १४, दोहा | साउदी सरकारले लकडाउन खुकुलो बनाउने तयारी गरेको छ । कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि विगत दुई महिनादेखि लगाइएको कर्फ्यु र लकडाउलाई ईद पर्व सकिएपछि खुकुलो बनाउने तयारी गरेको साउदीस्थित नेपाली दूताबासले जनाएको छ ।

दूताबासका अनुसार विभिन्न ३ चरणमा विभाजन गरी लकडाउन खुकुलो बनाउँदै लैजाने सरकारले निणर्य गरेको जनाएको छ ।

साउदी प्रेस एजेन्सीका अनुसार पहिलो चरण मे २८ देखि मे ३०, सम्ममा मक्का बाहेका क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई बिहान ६ बजेदेखि अपरान्ह ३ बजेसम्म खुल्ला  गरिएको छ । बाँकी समय भने लकडाउन हुनेछ । 

यसअघिको लकडाउनमा प्रान्त र क्षेत्रहरुबीचको आवागमन बन्द गरिएको थियो । यस अवधिमा खुद्रा तथा होलसेल पसलहरु तथा मलहरु पुनः संचालनमा आउने साउदीको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

त्यस्तै सामाजिक दुरी कायम गर्नुपर्ने ब्युटिपार्लर, सैलुन, स्पोर्ट क्लब, हेल्थ क्लब, मनोरञ्जनका क्षेत्र, सिनेमा हल भने बन्द रहने छन् ।

दोस्रो चरणका रुपमा निर्धारण गरिएको मे ३१ देखि जून २० मा मक्का बाहेका क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म खुला गरिएको छ ।

साथै, कोराना संक्रमण नियन्त्रणसम्बन्धी सबै गाइडलाइनहरुलाई पूर्ण पालना गर्ने गरी मन्त्रालय, सरकारी निकायहरु र निजी क्षेत्रका कम्पनीहरुमा कर्मचारीको उपस्थितिलाई पनि अनुमति दिइएको छ ।

सूचना अनुसार क्षेत्र र प्रान्तबीच चल्ने सार्वजनिक यातायातका साधनहरु भने संचालनमा आउने छैनन् । तर अन्तराष्ट्रिय उडानहरू भने अर्को सूचना नभए सम्मका लागि स्थगित नै रहने बुझिएको छ ।

यसैगरी यस अवधिमा रेष्टुरेण्ट र फुड तथा बेभरेज क्याफेहरु खुल्ने भएका छन् । दोस्रो चरणमा पनि सामाजिक दुरी कायम गर्नुपर्ने ब्युटिपार्लर, सैलुन, स्पोर्ट क्लब, हेल्थ क्लब, मनोरञ्जनका क्षेत्र, सिनेमा हललाई खोल्ने अनुमति दिइने छैन ।

तेस्रो र अन्तिम चरणका रुपमा विभाजन गरिएको जून २१ पछिको अवधिमा सरकारले आर्थिक गतिविधिका सबै क्षेत्रहरु खुल्ला गर्ने र लकडाउन भन्दा अगाडिको ‘सामान्य’ अवस्थामा मुलुकलाई लैजाने योजना बनाएको साउदी प्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले