2026-09-08 09:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा कोराना पीडित नेपाली श्रमिकलाई राहत

योगेन्द्र योगी | जेठ १५, दोहा | कोरोना भाइरसको महामारीका कारण अप्ठ्यारोमा परेका कतारमा रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले राहत प्रदान गरेको छ ।

परिषदले गठन गरेको उद्धार तथा राहत वितरण समिति कतार सरकारको च्यारिटीबाट प्राप्त खाद्यान्न पछिल्लो चरणमा ६१७ जनालाई वितरण गरेको हो ।  

दशौ चरणमा कतारको सनैया स्ट्रीट  नम्बर  ३,४,५,६,१०, १७, १९, २२, २३, २४, २५, ३२, ३७, ३८, ४१, ४३, ५७ , एनखालिद , नज्मा, मामुरा, ग्राफा, बिन मोहमद, अलसाद, वल्ड एअरपोर्ट, बिन वमरान,मुग्लिना, अलवाब, रैयान, वाक्रा, वकिर, मदिना खलिफा, अजजिया, अबुहमर,हिलाल, मुन्ताजा, दोहा जदिद, मनसुरा, अलथुममा, मतार कदिम, सफिया खलिफा, अल नासर र मैजारका विभिन्न ठाउँमा कोरोना पीडित नेपाली श्रमिकहरुलाई खाद्यान्न वितरण गरिएको गैर आवासिय नेपाली संघ कतारका प्रथम उपाध्यक्ष एबम उद्दार तथा राहत समितीका संयोजक उत्तम गुरुङ्गले जानकारी दिएका छन्  ।

कार्यक्रममा प्रत्यक्ष सहभागी नेपाली दूतावास परिवार, आईसीसी सल्लाहकार टि बि कार्की,आईसीसी मध्यपुर्ब सम्योजक प्रबिण गुरुङ्ग , आईसीसी सदस्य रमेश भट्ट, एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनसीसी उपाध्यक्ष कुमार खड्का, एनसीसी महिला उपाध्यक्ष सरिता भण्डारी र एनसीसी महासचिव पदम गिरी लगायतको उपस्थिति रहेको थियो । 

यस अघि १ हजार ५ सय १५ जना नेपाली श्रमिकहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरिसकिएको संयोजक गुरुङ्गले बताए ।

कोरोनाको कारणले कतारमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई खाना सम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको टेलिफोन नम्बर र ईमेल मार्फद पनि सम्पर्क गर्न अनुरोध गरिएको गैर आवासिय नेपाली संघ कतारका महासचिव पदम गिरीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग