योगेन्द्र योगी | जेठ १६, दोहा | कतारमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । बिहीबार १ हजार ९ सय ६७ नया संक्रमित थपिए संगै संख्या ५० हजार ९ सय १४ पुगेको छ ।
बिहीबार मात्रै २ हजार १ सय १६ जनाले उपचारपछि स्वास्थयलाभ गरेका छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको संख्या १५ हजार ३ सय ९९ पुगेको छ भने अहिलेसम्म ३३ जनाको मृत्यु भैसकेको छ ।
यता, साउदीमा ५४ हजार ५ सय ५३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएको साउदीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
साउदीमा अहिलेसम्म ८० हजार १ सय ८५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने अहिलेसम्म ४ सय ४१ जनाको मृत्यु भएको छ ।
साउदीस्थित नेपाली दूताबासका अनुसार १३ सय ६४ जना नेपालीलाई कोरोनाको संक्रमण पुष्टि भएको थियो भने कोरोनाको कारण ७ नेपालीको मृत्यु भएको थियो । पछिल्लो समयमा कोरोना सङ्क्रमित नेपालीहरु के कति छन् जानकारी दिने कार्य भैरहेको दूताबासले जनाएको छ ।