2026-07-24 11:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक महिनादेखि कुवेतको सेल्टरमा ३ हजार बढी नेपाली अलपत्र

योगेन्द्र योगी | जेठ १६, दोहा | कुवेत सरकारले दिएको आममाफीको कारण आफ्नो आवास छोडेर हिडेका ३ हजार ५ सय बढी नेपाली कामदार कुवेतका विभिन्न स्थानमा अलपत्र परेका छन् । 

कुवेत र इराकको सीमाना, जिलिव र फर्मानिया क्षेत्रका विभिन्न स्थानमा अलपत्र ३ हजार भन्दा बढी नेपाली कामदारहरु उद्धारकालागि नेपाल सरकारलाई गुहारी रहेका छन् ।

एक महिनादेखि नेपालफिर्तीको पर्खाइमा रहेका बाग्लुङका याम बहादुर कुमालले आफूहरुको अबस्था नाजुकबन्दै गएको तथा खान, शौचालय लगायतको समस्या भएको भन्दै उद्धारको लागि पहलगरिदिन विभिन्न संचार मध्यममार्फत नेपाल सरकारलाई हारगुहार गरिरहेको तर कसैले पनि आफूहरुको गुनासो नसुनेको बताए ।

अवैधानिक हैसियतमा रहेका उनीहरुलाई कुवेत सरकारले  गतअप्रिल २६ देखि ३० सम्म स्वदेश फर्किनसक्ने सूचनाजारी गरेपछि आफुहरुले गर्दै आएको काम र क्याम्प छोडेर स्वदेश फर्किने प्रकृयामा सहभागी भएको कुमालले बताए ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि अवैध आप्रवासी कामदारलाई स्वदेश फर्काउन कुवेत सरकारले जरिवानासमेत मिनाहा गरी आममाफी दिएको हो । अवैध आप्रवासी कामदारलाई स्वदेश पुग्ने हवाई भाडासमेत तिरिदिने निर्णय गरेको कुवेत सरकारले गरेको छ। 

यता, कुवेतस्थित नेपाली दूताबास र एनआरएनएले पनि आफूहरुको गुनासो नसुनेको भन्दै उद्धार र आफूहरुको अबस्थाबारे नेपाल सरकार समक्ष पुर्याई दिन कुमालले अनुरोध गरेका छन् । सेल्टरमा रहेका केही नेपाली बिरामी भएको जनाउँदै चाडो भन्दा चाडो उद्दार गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् ।  

ठूलो संख्यामा स्कुल तथा क्याम्पमा बसेको कारण  खान, नुहाउन तथा धेरै दिदि बहिनीहरु बिरामी पर्ने थालेको काठमाडौँकी ज्योती पुनले बताइन् । बिरामी परे पनि अहिलेसम्म कसैको पनि स्वास्थ्य परीक्षण गरिएको छैन । 

“यहाँ धेरै दिदि बहिनीहरु बिमारी छन् अहिलेसम्म उनीहरुको स्वास्थ्य परीक्षण पनि गरिएको छैन एक महिना भैसक्यो कुनै अतोपत्तो छैन हामी के गर्ने कुवेतस्थित नेपाली दूताबासमा फोन गर्यो हाम्रो समस्या सुन्दैन हामी संगै बसेका अन्य देशका नागरिकहरु गइसके हामीलाई कहिले पठाऊ छ थाहा छैन पुनले भनिन् । “

इराकको सीमाना रहेका गुल्मीका रामचन्द्र भण्डारीले आफूहरुको अबस्था झन् नाजुक बन्दै गएको तथा खान,बाथरुमको लगायको समस्या भएको भन्दै उद्धारको लागि पहल गरिदिन आग्रह गरेका छन्  । उनीहरूका अनुसार चिसो खाना तथा चिसो सिमेन्ट सुत्नु पारेको कारण पनि बिरामी हुनेको सङ्ख्या बढ्न थालेको बताउछन्  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक