२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्भवती हात्तीको विभत्स हत्या : पानीमा तीन दिनसम्म मृत्यु पर्खिरहिन्

२०७७, २२ जेष्ठ बिहीबार ०५:१५

जेठ २२, भारत । एजेन्सी । दक्षित भारतको केरल राज्यमा एक गर्भवती हात्तीको विस्फोटक भरिएको फलफूल खाँदा मृत्यु भएपछि मानवतामाथि ठूलो प्रश्न खडा भएको छ । उक्त हात्तीलाई केही उच्छृङ्खल तत्त्वले विस्फोटक पदार्थ भरिएको फलफूल खान दिएको आशंका छ । यस घटनालाई मानिस र जनावरबीचको संघर्षमा मानवताको पतनको अर्को अध्यायका रुपमा लिइएको छ ।

वन विभागका अधिकारीका अनुसार उक्त हात्तीको उमेर १४–१५ वर्षको रहेको थियो । विस्फोटपछि घाइते भएकी हात्ती यति पीडामा थिइन्, उनी तीन दिनसम्म वेलियार नदीमा उभिएर बसिरहिन् । यस दौरान उनको सुँड र मुख पानी भित्र नै थियो । उनीसम्म चिकित्सक पुर्याउने प्रयास पनि असफल रह्यो । 

साइलेन्ट भ्याली नेशनल पार्क, पलक्कडका वाइल्ड लाइफ वार्डन सेमुअल पचाऊले बीबीसीसँग भने, ‘हामीले हात्ती घाइते भएको स्थान फेला पार्न सकेका छैनौँ । हात्तीले मात्र पानी पिइरहेकी थिइन्, सायद यसले उसलाई राहत मिलिरहेको थियो । उनको मुखको दुवै तर्फ गम्भीर चोट लागेको थियो । उनको दाँत पनि भाँचिएको थियो ।’

पल्लकड जिल्लाको मन्नारकड क्षेत्रका वन अधिकारी सुनील कुमारका अनुसार वन विभागका अधिकारीहरुले यो हात्तीलाई गत २५ मे मा फेला पारेका थिए । यो हात्ती छेउको खेतमा पुगेकी थिइन् । सायद उनी आफ्नो गर्भमा रहेको शिशुका लागि केही खान चाहन्थिन् ।

हात्ती घायल भएको घटनाले तब चर्चा पायो, जब रेपिड रेस्पोन्स टोलीका वन अधिकारी किृष्णननले फेसबुकमा यसबारे भावुक पोष्ट लेखे । उनका अनुसार घाइते भएपछि हात्ती एक गाउँबाट भाग्दै निस्किएकी थिइ्न । उनले कसैलाई पुर्याइनन् ।

सुनील कुमारका अनुसार विभागले हात्तीलाई मद्दत गर्नका लागि नदीबाट बाहिर निकाल्ने प्रयास गरे पनि उक्त हात्ती त्यहाँबाट टसमस भइनन् । वन विभागका पशु चिकित्सहरुले हात्तीको अपरेशन गर्ने प्रयास गरिरहेका थिए ।

अन्ततः गत मे २७ मा नदीमा उभिएकै अवस्थामा हात्तीले अन्तिम श्वास लिइन् । पोस्मार्टमका लागि उनको शव लैजाँदा उनी गर्भवती रहेको खुलेको थियो । कृष्णाले आफ्नो पोष्टमा लेखेका छन्, ‘पोस्टमार्टम गरेका डाक्टरहरुले मलाई भने कि उनी एक्लै थिइनन् । उनीहरुको अनुहार मास्कले छोपेको भए पनि म डाक्टारहरुको पीडालाई महसुस गर्न सक्थेँ । हामीले त्यहाँ नै चितामा जलाएर अन्तिम संस्कार गर्यौँ । हामीले शिर झुकाएर अन्तिम सम्मान प्रकट गर्यौँ ।’

स्यामुअल पचाऊ अनुसार यस विषयमा उजुरी दर्ता गरिएको छ र हात्तीको मृत्युको लागि जिम्मेवारहरुको पहिचान गर्ने प्रयास भइरहेको छ । पचाऊ भन्छन्, ‘पहिले पनि जनावर र मानिसबीच संघर्षको कयौँ घटना बाहिर आएको थियो । तर, कसैले हात्तीलाई विस्फोटक पदार्थ प्रयोग गरेर घाइते बनाएको यो पहिलोपटक हो ।’ स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा