२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड–१९ संक्रमणबाट बच्नका लागि २० लाख भ्याक्सिन तयार गरेका छौंः डोनल्ड ट्रम्प

२४ जेष्ठ २०७७, शनिबार ०५:३९

जेठ २४, काठमाडौं । एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले कोभिड–१९ संक्रमणबाट बच्नका लागि २० लाख भ्याक्सिन तयार गरेको दाबी गरेका छन् । उनले यी भ्याक्सिन प्रयोगका लागि तयार भएको बताउँदै वैज्ञानिकले यसको सुरक्षा र प्रभावकारीताबारे विश्लेषण गर्न मात्रै बाँकी भएको बताएका छन् ।

ट्रम्पले यो दाबी शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गरेका हुन् । यद्यपि, ट्रम्पले कुन कम्पनी र कस्तो खालको भ्याक्सिनको कुरा गरेका हुन् भन्ने खासै जानकारी दिएनन् । उनले ती भ्याक्सिनको प्रयोग कहिलेदेखि सुरु हुन्छ भन्नेबारे निश्चित समयसीमा पनि तोकेका छैनन् ।

पत्रकार सम्मेलनमा उनको यस्तो बयानपछि अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले आफूले यसबारे टिप्पणी गर्न नसक्ने बताएका छन् ।यद्यपि, मंगलबार डाक्टर फाउचीले एक मेडिकल सेमिनारमा अर्को वर्षसम्म भ्याक्सिन तयार गर्ने आशा भने व्यक्त गरेका थिए ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकी प्रशासनले भ्याक्सिन बनाउनका लागि पाँच कम्पनीलाई काममा लगाएको छ । अमेरिकामा थुप्रै कम्पनी वैज्ञानिकको मञ्जुरी अघि नै ठूलो मात्रामा भ्याक्सिन बनाउने होडमा लागेका छन् । यीमध्ये मोडेर्ना, नोवाभ्याक्स र फाइजरजस्ता कम्पनी समावेश छन् ।

डाक्टर फाउचीले मंगलबार पत्रकारलाई यो रेसमा ‘मोडेर्ना’ सबैभन्दा अगाडि देखिएको बताएका छन् । स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता