2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गण्डकीमा सङ्क्रमित ११५ पुगे

जेठ २६, कास्की | गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमित ११५ जना पुगेका छन् । आज बिहान पोखरा महानगरपालिका–९ स्थायी ठेगाना भई महानगरपालिकाको क्वारेन्टिनमा रहेका ४२ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । सङ्क्रमित व्यक्ति एक साताअघि भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । 

सङ्क्रमित व्यक्तिलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचारका लागि लैजाने तयारी भएको बताइएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिमा कोभिड–१९ देखिएको हो । गण्डकीका नौ जिल्लामा गरी कोभिड–१९ सङ्क्रमित ११५ पुगेका छन् । मनाङ र मुस्ताङमा भने हालसम्म कोरोनाका बिरामी भेटिएका छैनन् ।

स्याङ्जामा ३८, बागलुङमा २९, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १७, गोर्खामा ११, पर्वतमा नौ, कास्कीमा पाँच, तनहुँमा तीन, म्याग्दीमा दुई तथा लमजुङमा एक जनालाई सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा गत चैत १५ गते पहिलो कोभिड–१९ पुष्टि भएको थियो । बागलुङकी एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो । 

सङ्क्रमित मध्ये तीन जना उपचार गराएर निको भएपछि घर फर्किएका र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बागलुङका दुई र लमजुङका एक जना निको भएका हुन् । प्रदेशमा हालसम्म पाँच हजार ३०५ को पिसिआर विधिबाट परीक्षण गरिएकामा चार हजार ४५४ मा कोरोना देखिएको छैन ।

परीक्षण गरिएकामध्ये ७३४ को नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । प्रदेशमा आरडिटी विधिबाट भने नौ हजार ३५० को परीक्षण गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल