Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विश्वभर ७० लाखभन्दा बढी कोरोना संक्रमित, मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो (अपडेट)

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ २६, काठमाडौँ | एजेन्सी | कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६ हजार २०७ पुगेको छ ।  साथै यस संक्रमणबाट विश्वभर ७० लाख ९२ हजार ९१९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार सोमबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३४ लाख ६२ हजार १८५ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३२ लाख २४ हजार ५२७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ७४७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।  डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ७ हजार ४४९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख १२ हजार ४६९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ११ लाख ४६ हजार ७५५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५१ हजार ४६ जनाको मृत्यु भएको छ ।  उत्तर अमेरिकामा २२ लाख ८२ हजार ६६३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३५ हजार ७५८ जनाको मृत्यु भएको छ ।

युरोपमा २० लाख ९४ हजार ३२४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ७८ हजार ९४३ को मृत्यु भएको छ ।  एसियामा १३ लाख ६७ हजार ४६३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३५ हजार १०६ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १ लाख ९२ हजार ११८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार २१५ जनाको मृत्यु भएको छ ।   ओसियानामा ८ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । एएफपी