२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतबाट १६८ जना नेपाली कामदार लिएर उडान भर्दै जजिरा एयर

२०७७, २८ जेष्ठ बुधबार ०२:५९

योगेन्द्र योगी | जेठ २८, दोहा | कुवेतमा आममाफी पाएर सेल्टरमा बसेका नेपाली कामदारलाई आजबाट स्वदेश फर्काउने भएको छ । पहिलो चरणमा आममाफी पाएकाहरुलाई उद्दार गरिने छ भने  जजिरा एयरको एक वटा फ्लाइटबाट स्वदेश फर्काउने क्रम शुरु हुने कुवेतस्थित नेपाली दूताबासले जनाएको छ । 

पहिलो उडान भर्दै जजिरा एयरले आममाफीमा सहभागी कुवेतको सेल्टरमा अलपत्र अवस्थामा रहेका नेपाली महिलाहरु कुवेतको समय अनुसार बिहान ७ बजे जजिरा एयरवेज मार्फद नेपाल प्रथान गर्ने छन् । 

पहिलो उडानमा बच्चाको आमाहरु भएको शेल्टर आर्दिया १६८ जना लिएर उडान हुनेछ । शेल्टरबाट कुवेत पुलिसको गाडिमा सिधै प्लेनभित्र प्रवेश गर्नेगरी कुवेतबाट पहिलो उडान हुनेछ। त्यसपछी जजिरा एयरवेजले आफ्नो समय तालिका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, कुवेत सरकार र नेपाली दूतावास कुवेतलाइ जानकारी गराउँदै आवस्यक दैनिक उडान भर्ने जनाएको छ ।  

आममाफीमा सहभागी भएका र घरफिर्ती केन्द्रमा रहेका केही गरी २ हजार ९९१ जनाको सूची परराष्ट्रलाई बुझाएको दूतावासले जनाएको छ । यसरी फर्काइने नेपालीहरुको निसुल्क रुपमा स्वास्थ परिक्षण हुने छ भने उडानको पनि निसुल्क व्यवस्था गरिएको कुवेत सरकारले जनाएको छ । 

उनीहरु यतिबेला कुवेत सरकारले निर्माण गरेको सेल्टरमा बसिरहेका छन् । कुवेतले नै खाद्यान्न लगायतको व्यवस्था गरिरहेको छ । नेपालले अनुमति दिएमा कुवेत यसअघि नै पनि आममाफीमा सहभागीलाई पठाई दिने भनेको थियो । विविध कारणले घर फर्कनै पर्ने करिव ४ हजार नेपालीहरुले दूतावासमा फारम भरेको दूताबास स्रोतले जनाएको छ । 

अवैधानिक हैसियतमा रहेका उनीहरुलाई कुवेत सरकारले  गतअप्रिल २६ देखि ३० सम्म स्वदेश फर्किनसक्ने सूचनाजारी गरेपछि आफुहरुले गर्दै आएको काम र क्याम्प छोडेर स्वदेश फर्किने प्रकृयामा सहभागी भएको उनले बताए ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि अवैध आप्रवासी कामदारलाई स्वदेश फर्काउन कुवेत सरकारले जरिवानासमेत मिनाहा गरी आममाफी दिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले