२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट नेपाल फर्कन यी मितिमा हुँदैछन् उडानहरु, कति पर्छ हवाईभाडा ? (सूचना सहित)

२०७७, २९ जेष्ठ बिहीबार ०३:४४

जेठ २९, काठमाडौँ | मलेसियाबाट बिभिन्न चार उडान मार्फत नेपालीहरु ल्याउन मलेसिया स्थित नेपाली राजदुतावासले सूचना जारी गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका जोखिमका बीच नेपाल सरकारले समस्यामा परेका नेपालीहरुलाई नेपाल फर्काउने निर्णय गरेसंगै नेपालीलाई ल्याइने भएको हो । 

दुतावासले सूचनामा उल्लेख गरेको छ 'कोभिड १९ को विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धि आदेश, २०७७' बमोजिम मलेसियामा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकहरुलाई नेपाल फर्काउनको लागि नेपाल सरकारले क्वालालाम्पुरबाट काठमाडौँको लागि पहिलो चरणमा निम्न अनुसारका चारवटा उडानहरुको तय गरेको छ:

१५ जुन २०२० – नेपाल एयरलाइन्सको A320 विमान

१८ जुन २०२० – हिमालयन एयरलाइन्सको A320 विमान

२० जुन २०२० -  नेपाल एयरलाइन्सको A330 विमान

२१ जुन २०२० – हिमालयन एयरलाइन्सको A320 विमान

प्राथमिकता क-कसलाई ? 

दुतावासले जारी गरेको सूचना अनुसार दुतावासको फेसबुक र वेवसाइटमा जारी गरिएको फारमको आधारमा नेपाल ल्याइनेहरुको प्राथमिकता निर्धारण गरिने उल्लेख छ । साथै प्राथमिकतामा परेकाहरुको सूची दुतावासले प्रकाशन गर्नेछ । त्यहि सूचीमा परेका नामहरुले सम्बन्धित एयरलाइन्ससँग टिकट खरिद गर्नुपर्नेछ । 

दुतावासले सूचनाको बुदा नम्बर ७ मा उल्लेख गरेको छ 'मलेसियाको कानुन अनुसार अवैधानिक भई बसेका व्यक्तिहरुको लागि मलेसिया सरकारले आममाफीको कार्यक्रम नगरेकाले त्यस्ता व्यक्तिहरु हाल यी उडानहरु मार्फत नेपाल फिर्ता हुन सक्ने छैनन् । 

दुतावासको अनुसार  सुत्केरी, गर्भवती र विरामी महिला, सिकिस्त विरामी परेका पुरुष, अध्ययन समाप्त भएका विद्यार्थी र व्यापारिक तथा पर्यटक भिषामारही भिषा समाप्त भएका, रोजगारी भिषामा रही भिषा अवधि समाप्त भएका, कोभिडको कारण रोजगारी गुमाएका सहित बिभिन्न ९ प्रकारका समस्यामा परेका व्यक्तिहरुलाई निर्धारित विमान मार्फत नेपाल फिर्ता हुन प्राथमिकता दिइनेछ । 

टिकट मूल्य २२२० रिंगिट, स्वास्थ्य परीक्षण अनिवार्य  

दुतावासले जारी गरेको सूचना अनुसार टिकट मूल्य ५२० अमेरिकी डलर अर्थात मलेसियन रिंगिट २२२० तोकिएको छ । साथै विमानमा फर्कन चाहने नेपालीहरुसँग पछिल्लो ७ दिनको कोभिड-१९ संक्रमण भएनभएको एकिन हुने स्वास्थ्य परिक्षण गरेको रिपोर्ट अनिवार्य हुनुपर्नेछ । 

दुतावासले ध्यानाकर्षण गराउदै सूचनामा उल्लेख गरेको छ 'समयमै टिकट खरिद नगरेमा प्राथमिकता अनुसार पछीका यात्रूलाई टिकट खरिद गर्ने अवसर प्राप्त हुनेछ ।' 

सूचना हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले