२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३० देशबाट नेपालीलाई स्वदेश ल्याउन ६७ उडान तय, कुन देशबाट कहिले उडान ? हेर्नुहोस्

२०७७, २९ जेष्ठ बिहीबार ०४:०७

जेठ २९, काठमाण्डौ | सरकारले विभिन्न देशमा कोरोना संक्रमणको कारण समस्यामा परेका नेपालीहरुको स्वदेश फिर्तीका लागि उडान तालिका र भाडादरहरु तय गरेको छ । 

विदेशबाट पहिलो चरणमा प्राथमिकता अनुसार फिर्ता ल्याइने भनिएको २४ हजार १४८ जना नेपालीहरुको स्वदेश फिर्तीको लागि संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोभिड १९ व्यवस्थापन केन्द्रलाई बुझाएको हो । जस अनुसार जेठ  ३२ गतेदेखि असार ११ गतेसम्म पहिलो चरणको उडान तालिका तय भएको छ । 

नेपालीलाई आफ्नो देश फिर्ता ल्याउनको लागि स्वदेशका एयरलाइन्सलाई पहिलो प्राथमिकता दिईएको छ भने आवश्यकता अनुसार बिदेशी एयरलाइन्सले समेत उडान भर्नेछन् । पहिलो चरणमा ३० देशबाट नेपालीलाई ल्याउन ६७ वटा उडान हुने तय गरिएको छ । जस मध्ये नेपाल एयरलाइन्सले २४ उडान गर्नेछ भने हिमालय एयरलाइन्सले १९ उडान गर्ने छ । बाँकी २४ उडान विदेशी जहाजले भर्नेछ ।

(खाडी र मलेसिया) का देशगत उडान जानकारी हेर्नुहोस् 

कुवेत (Kuwait)

आज बिभिन्न दुई जहाजबाट कुवेतमा आममाफीमा सहभागी तीन सय नेपाली महिला स्वदेश फिर्ता हुँदैछन् । उनीहरुलाई कुवेत सरकारलेनै फिर्ता पठाएकोले कुनै खर्च लाग्दैन । यस बाहेक असार २, ५, ७ र १० गते उडानहरु हुनेछन् । 

कुवेतदेखि काठमाडौँसम्मको भाडादर: ५७० अमेरिकी डलर 

कतार (Qatar)

कतारमा समस्यामा परेका नेपालीहरुलाई प्राथमिकताको आधारमा असार २, ३, ६ र ८ गते स्वदेश ल्याइने तय भएको छ । 

कतारको दोहादेखि काठमाडौँसम्मको भाडादर – ६३० अमेरिकी डलर

युएई (UAE)

युएईमा समस्यामा परेका नेपालीहरुलाई प्राथमिकताको आधारमा असार २, ४, ६ र ९ गते उडान तय भएको छ ।

यूएईको दुबई, आबुधाबी र सारजाहदेखि काठमाडौँसम्मको भाडादर: ५०० अमेरिकी डलर 

मलेसिया (Malaysia)

मलेसियामा समस्यामा परेका नेपालीहरुलाई प्राथमिकताको आधारमा असार १, ४, ६ र ७ गते उडान हुदैछ । यी ४ दिनको उडान मध्ये दुई उडान नेपाल एयरलाइन्सले भर्नेछ भने बाँकी दुई उडान हिमालय एएरलाइन्सले  भर्नेछ । 

मलेसियाको क्वाललम्पुरदेखि काठमाडौँसम्मको भाडादर: ५२० अमेरिकी डलर

साउदी अरव (Saudi Arab) 

साउदीमा समस्यामा परेका नेपालीहरुलाई प्राथमिकताको आधारमा स्वदेश ल्याउन असार १,  ४, ५ र १० गते उडानहरु हुने भएका छन् । 

साउदीको दमामदेखि काठमाडौँसम्मको भाडादर: ५९० अमेरिकी डलर 

साउदीको जेद्दादेखि काठमाडौँसम्मको भाडादर: ७७० अमेरिकी डलर 

बहराइन (Bahrain) 

बहराइनमा समस्यामा परि स्वदेश फिर्ता हुन चाहने नेपालीहरुको लागि असार ३ गते उडान तय भएको छ । 

बहराइनदेखि काठमाडौँसम्मको भाडादर: ५४५ अमेरिकी डलर 

ओमान (Oman) 

ओमानमा समस्यामा परि स्वदेश फिर्ता हुन चाहने नेपालीहरुको लागि असार १, ४ र ७ गते उडान हुने तय भएको छ । 

ओमानदेखि काठमाडौँसम्मको भाडादर: ५१० अमेरिकी डलर

अन्य देशको उडान कहिले-कहिले (भाडादर सहित)

बंगलादेशबाट – जेठ ३२ गते (१६५ अमेरिकी डलर) 

माल्दिभ्सबाट – असार १, २ र ९ गते (५०५ अमेरिकी डलर) 

सिंगापुरबाट – असार १ गते (५५० अमेरिकी डलर) 

कम्बोडियाबाट – असार १ गते (४०० अमेरिकी डलर)

श्रीलंकाबाट – असार २ गते 

अष्ट्रेलियाबाट – असार ३ र ८ गते 

थाइल्यान्डबाट – असार ३ र ८ गते (३९० अमेरिकी डलर) 

बंगलादेशबाट – असार ३ गते 

अमेरिकाबाट – असार ३ गते  

जापानबाट – असार ५ र ९ गते (९३५ अमेरिकी डलर)

नाइजेरियाबाट – असार ५ गते 

साइप्रसबाट – असार ६ र ११ गते (८७५ अमेरिकी डलर)

बंगलादेशबाट – असार ६ गते 

युरोपियन युनियनबाट – असार ६ गते 

दक्षिण कोरियाबाट – असार ७ गते 

पाकिस्तानबाट – असार ८ गते 

युगान्डाबाट – असार ११ गते 

इजरायलबाट – असार ११ गते 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो