2026-09-08 10:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले तोकेको भन्दा 211$ सस्तो भाडादरमा नेपालीलाई स्वदेश फर्काउँदै दूतावास

योगेन्द्र योगी | जेठ ३०, दोहा | नेपाल सरकारले आफ्नो नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन तोकेको भाडादर महँगो भएको भन्दै ओमानस्थित नेपाली दूतावासले सस्तो भाडादरमा नेपालीहरुलाई स्वदेश फर्काउन लागेको जनाएको छ ।

दूतावासका अनुसार सरकारले तोकेको ५१० अमेरिकी डलर अर्थात करिब नेपाली रुपैयाँ ६२ हजार धेरै महंगो भएको र  पीडितहरु नेपाली श्रमिकहरुले महँगो भाडा तिर्न गारो हुने भन्दै सस्तोदरमा नेपाल पठाउन तयारी थालेको छ । 

ओमानबाट स्वदेश फर्कनेले ११५ रियलभन्दा बढी तिर्नुपर्दैन । अमेरिकी २९९ डलर अर्थात करिब ३४ हजार नेपाली रुपैयाँमा  स्वदेश फर्कन सक्ने दूताबासले जनाएको छ । 

नेपाल सरकारको सूची अनुसार ओमानबाट स्वदेश फर्कन चाहने व्यक्तिले ५१० अमेरिकी डलर अर्थात करिब ६२ हजार रुपैयाँ भाडा तिर्नुपर्ने उल्लेख गरिएको थियो । ओमानबाट पहिलो जहाज असार १ गते सलाम एयरमार्फत १८० नेपालीहरु स्वदेश दूताबासले जनाएको छ । 

त्यसैगरी,  दोस्रो उडान आउँदो जुन २१ अर्थात असर ८ मा सलाम एअर मार्फतै हुने गरी तय भएको दूताबासले जनाएको छ । उक्त उडानको पनि एकतर्फी हवाइभाडा ११५ ओमानी रियल तोकिएको छ ।

सम्बन्धित सबैले आफूलाई पायक पर्ने कुनैपनि नजिकको परीक्षण केन्द्रमा वा दूतावासको जानकारीमा भएबमोजिम तपसिलको तालिकामा उल्लेख गरिएबमोजिमका स्वास्थ्य संस्थाहरूमा) कोरोना परीक्षण गरि रिपोर्ट नेगेटिभ हुनेहरूले सलाम एअरको कलसेन्टर २४२७२२२२ मा फोन गरी टिकट खरिद गर्न सकिने दूताबासले जनाएको छ । 

कोरोनाको पीसीआर जाँचमा नेगेटिभ रिपोर्ट आएकाहरु नेपाल आएर क्वरेण्टीनमा बस्न नपर्ने र सिधै घर जान पाईने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग