2026-10-26 06:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वदेश फर्कन चर्को भाडादरको विरोध गर्दै मलेसिया दुतावासमा २२ संघ-संस्थाद्वारा ज्ञापनपत्र

जेठ ३०, काठमाडौँ | कोरोना भाइरसको कारण बिभिन्न देशमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ताको लागि नेपाल सरकार मन्त्रीपरिषदले निर्णय गरेको चार्टर विमान भाडादर प्रती चौतर्फी आलोचना भईरहेका बेला मलेसियाका नेपाली संघ-सस्थाहरुको पनि ध्यानाकर्षण भएको छ ।

मलेशियामा अलपत्र नेपालिहरुको उद्दारका सम्बन्धमा नेपाल सरकार मन्त्रीपरिषदले निर्णय गरेको चार्टर विमान भाडादर प्रती मलेशियामा स्थापित विभिन्न २२ नेपाली संघ-सस्थाहरुले गैर आवासीय नेपाली संघको नेतृत्वमा दुतावास समक्ष संयुक्त  ज्ञापनपत्र बुझाएका छन् । 

मलेसियास्थित नेपाली राजदुत उदयराज पाण्डेसमक्ष पेश भएको ज्ञापन पत्रमा भनिएको छ ‘कोभिड १९ को महामारीबाट पिडित प्रवासमा रहनुहुने नेपालीहरुको उद्दारका लागि नेपाल सरकारको निर्णय अनुसार केहि उडानहरु व्यवस्था गरेकोमा धन्यवाद दिन चाहन्छौं । प्राथमिकतामा पर्नुहुने यात्राको लागि नेपाली श्रमिकहरुले आफै हवाई टिकट काटी जानुपर्ने बाध्यतामा मलेसियाका लागि तोकिएको USD 520 नेपाली श्रमिकहरुको हकमा मूल्य अत्याधिक बढी भएकाले गैर आवासीय नेपाली संघ तथा मलेसियामा क्रियाशील विभिन्न संघ, संस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।’ 

ध्यानाकर्षणमा अगाडी उल्लेख छ ‘सरकारले उद्दारको वहानामा अलपत्र कामदारमाथी व्यापार गर्ने गरी चर्को मूल्य निर्धारण गरेको हुँदा यो बारेमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल सरकारले निर्धारण गरेको भाडादर पिसिआर टेष्ट, क्वारेन्टाइन खर्च सबै जोड्दा १ लाख १५ हजार नेपाली हुन आउँछ ।’

तल हेर्नुहोस नेपाली संघ-सस्थाहरुले गैर आवासीय नेपाली संघको नेतृत्वमा बुझाएको ज्ञापनपत्र:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने