२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वदेश फर्कन लागेकाहरुलाई दूतावासले सोध्यो ‘देशमै केही गर्ने इच्छा छ की ?’

६ असार २०७७, शनिबार ०२:३५

योगेन्द्र योगी | असार ६, दोहा | साउदीबाट कोरोना संक्रमणको असहज परिस्थितिका कारण तथा करार अवधि सकेर स्वदेश फर्कने युवाहरुलाई देशमै केहि काम गर्न साउदीस्थित नेपाली दूतावासले आग्रह गरेको छ। विदेशमा सिकेको ज्ञान, सीप, अनुभव र पूँजीबाट मूलुकले धेरै अपेक्षा गरेको भन्दै स्वदेशमै केही गर्न आग्रह गरेको जनाएको छ । 

विदेश बसाइका क्रममा तपाईहरुले यहाँ भोग्नु परेका तिता, मीठा र अप्ठ्याराहरु झेल्दै लामो अनुभव हासिल गर्दै विदेशमा हाँसिल गरेको ज्ञान, सीप, अनुभव र पूँजीबाट मुलुकले धेरै अपेक्षा गरेको छ दूतावासले भनेको छ। 

सरकारले नेपालमा कृषि क्षेत्रको आमूल विकास गरी उत्पादनको आयातमाथिको निर्भरतालाई कम गर्ने लक्ष्य अघि सारेकाले कृषिमा संलग्न भई आत्मनिर्भर बन्न दूतावासले सुझाव दिएको छ । 

कतिपय अवस्थामा कोरोनाले अप्ठ्यारो परिस्थिति सिर्जना गरे पनि आफ्नो देशमा फर्किएर देशको माटोमा केही गर्ने अवसर समेत जुटाइदिएको दूतावासको भनाइ छ। 

नेपाल सरकारले कृषि क्षेत्रको आमूल विकास गरी कृषि उत्पादनको आयात माथिको नर्भरतालाई कम गर्दै जाने लक्ष्य लिएको छ । विदेशबाट फर्किने जनशक्तिलाई लक्षित गरेर सरकारले कृषिक्षेत्रको विकासका कार्यक्रम ल्याएको छ । 

कृषिक्षेत्रको विकासमा अतिरिक्त रोजगारी सिर्जनाका अन्य क्षेत्रलाई समेत सरकारले महत्वका साथ समेटेको छ ।  कृषि क्षेत्रको सुधार  अन्तर्गत लगानीमा प्रोत्साहन, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,  कृषि तथा पशु व्यवसायमा अनुदान, निशुल्क कृषि तालिम,  वीमाको भरपर्दो व्यवस्था कृषि क्षेत्रमा प्रवाह हुने ऋणको व्याजमा भारी सहुलियत,  कृषि उपजको अग्रिम मूल्य निर्धारण, उत्पादनमा सहुलियत लगायत दर्जनौँ उत्प्रेरणात्मक र व्यवहारिक कार्यक्रमहरु ल्याएको छ । 


देशको थुप्रै उर्वर भूमि वर्षौंदेखि उत्पादनहीन् अवस्थामा रहेको छ । मुलुकलाई चाहिने महत्वपूर्ण श्रम शक्ति मुलुक बाहिरको रोजगारीमा रहेको हुँदा यो क्षेत्र ओझेलमा परेको छ । स्थानीय स्तरमा समेत रोजगारीका अवसर सृजना गरी देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने युवा जनशक्ति  मुलुकको विकासमा प्रत्यक्ष संलग्नता आवश्यक रहेको छ । कोरोना संक्रमणको जटील परिस्थितिले यो अवसर जुटाइदिएको छ ।

तसर्थ, तपाइँहरुको वैदेशिक रोजगारीको अनुभव समेतका माध्यमबाट व्यवसायिक कृषि तथा पशुपालन, स्थानीय स्तरमा रोजगारी सृजनाका अन्य उपायहरु  तथा स्थानीय स्तरमा सामाजिक र आर्थिक पूंजी परिचालन गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन सकिने भएको हुँदा संगठित वा व्यक्तिगतरुपमा अगाडि आएर यो क्षेत्रमा कृयाशील रहन स्वदेश फर्किन लागेका नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ । 

साउदी अरबमा रहेर पनि कतिपय यहाँहरुले मुलुकमा कृषि तथा पशुपालन र रोजगारीका अन्य क्षेत्रमा संगठित लगानीको शुरुवात गरिसक्नुभएको छ ।

वैदेशिक रोजगारीबाट फर्केकाहरुले आफ्नो घरपरिवार, समाज र समग्र मुलुकका लागि आसा र भरोसा जगाउँदै मुलुकको विकासमा महत्वपूर्ण  योगदान गर्नुहुनेछ भन्ने पूर्ण विश्वास रहेको दूतावासले जनाएको छ ।

कोरोना संक्रमणका महामारीका समयमा धेरै दुःख कष्ट सहेर धैर्यतापूर्वक स्वदेश फर्किने दिनको प्रतिक्षामा बस्नुभएकोमा यहाँहरुप्रति नेपाली दूतावास धन्यवाद दिन चाहन्छ दूतावासले भनेको छ  । साउदीबाट शनिबार हुने भनिएको चार्टरउडान जुन २३ हुने भएको दूतावासले जनाएको छ । बिहीबार भएको पहिलो चार्टर उडानबाट १५३ जना नेपाली स्वदेश फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की