योगेन्द्र योगी | असार ८, दोहा | कतारमा नीजि स्वास्थ्य सस्थाले पनि पीसिआर विधिबाट कोरोना परीक्षण गर्न पाउने भएको छ । कतारको स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै नीजि स्वास्थ्य क्षेत्रलाई आवश्यक मापदण्ड पूरा गरि स्वाव संकलन गरेर हमाद मेडिकल कर्पोरेशन (एचएमसी) प्रयोगशालामा पठाउन पाउने भएको जनाएको छ ।

कोरोना भाइरस महामारीको सामना गर्न र नीजि स्वास्थ्य क्षेत्र संग साझेदारीलाई अझ सुदृढ पार्न नीजि स्वास्थ्य क्षेत्रलाई पनि स्वाव संकलनको अनुमति दिएको मन्त्रालयले जनाएको छ ।

कोरोनाको लक्षण भएका र श्वास फेर्न समस्या भएकाहरुको, भर्ना गर्नुपर्ने बिरामी र सर्जरी गर्नुपर्ने अवस्थाका बिरामी, स्वास्थ्यकर्मी, कोरोना देखिएका बिरामी संगै घुलमिल भएकाहरु, भाइरसको नेगेटिभ सर्टिफिकेट सहित कतार बाहिर जानपर्नेहरुलाई नीजि स्वास्थ्य संस्था मार्फत जाँच गर्न सकिने भएको छ ।

परीक्षण गर्दा नीजि क्लिनिक तथा अस्पतालले ५० रियाल भन्दा बढी शुल्क नलिन बताए पनि वास्तविक शुल्क कति लाग्ने बारे केही खुलाएको छैन ।

कतारमा कोरोना संक्रमितको संख्या ८७ हजार ३ सय ६९ पुगेको छ । यो समाचार तयार पार्दासम्म ६८ हजार ३ सय १९ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ ।

June 22, 2020
काठमाडौँ - KTM, प्रवास
कतारमा नीजि अस्पताललाई पनि कोरोना परीक्षण गर्ने अनुमति, शुल्क कति ?
By साझासवाल
3 मिनेट पढाइ