2026-07-24 08:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हजमा सीमित व्यक्तिमात्र उपस्थित हुन दिने साउदी सरकारको भनाई

असार ९, काठमाडौँ । साउदी सरकारले यस पटक अत्यन्तै थोरै संख्यामा उपस्थित मानिसहरुलाई हजका लागि उपस्थित हुन दिने जनाएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण यस पटक साउदी अरेबियाको सरकारले हजका लागि थोरै व्यक्तिलाई मात्र उपस्थित हुन दिने जनाएको छ । 

आगामी जुलाई महिनाको अन्त्यतिर आउन लागेको सो हजमा कोरोना भाइरसको प्रकोप फैलिने खतराका कारण धेरै संख्यामा मानिस जम्मा हुन नदिने घोषणा गरेको मङ्गलबार अल जाजिरा मिडियाले जनाएको छ । 

साउदी अरेबियामा हरेक वर्ष विश्वका मुस्लिम समुदायका लाखौँ व्यक्ति उपस्थित हुने गरेको छन् । यस पटक पनि हजको समय नजिकिँदै गर्दा आएको विश्वव्यापी चासोपछि उक्त साउदी अरेबियाली सरकारले यस्तो जानकारी गराएको हो । 

साउदी अरेबियाको हज मन्त्रालयले सो कुराको जानकारी दिएको साउदी अरेबियाका सरकारी मिडियाले जानकारी दिएका अल जाजिराले मङगलबार जनाएको समाचारमा उल्लेख छ । अहिले विश्वव्यापी रुपमा कोरोना भाइरसको प्रकोप बढेको तर पनि त्यसको औषधि या खोप केही पनि नआएको अहिलेको अवस्थामा सामाजिक दुरी कायम गरेर मात्र हिँड्नु पर्ने अवस्था रहेको छ । 

तर साउदी अरेबियामा लाखौँको संख्यामा विश्वका मुस्लिम समुदायका नागरिक आउने गरेका र उनीहरुकाबीचमा यस्तो सामाजिक दुरी पनि कायम गर्न गाह्रो पर्ने भएकोले यहाँको सरकारले यस्तो निर्णय गरेको बताइएको छ । 

हज मुस्लिम समुदायको ठूलो तीर्थ मानिन्छ र मुस्लिम समुदायका विश्वका नागरिकहरु पनि कम्तीमा जीवनमा एक पटक हजका लागि त्यहाँ जानुपर्छ भन्ने मान्यता राख्दछन् । यसै कारणले पनि हरेक वर्ष साउदी अरेबियाको मक्कामा कम्तीमा पनि २० लाख मानिस उपस्थित हुने गर्दछन् । 

त्यस अवसरमा विश्वका विभिन्न देशबाट पनि मुस्लिम समुदायमा नागरिक त्यहाँ पुग्ने गर्दछन् । त्यसैले यति ठूलो संख्याका मानिस उपस्थित हुँदा त्यसबाट पनि कारोना भाइरस फैलिन सक्ने भन्दै साउदी अरेबियाको सरकारले सो नियम बनाएको बताएको छ ।    

साउदी अरेबियामा पनि ठूलो संख्यामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । त्यहाँ कम्तीमा पनि १ लाख ६० हजार मानिस यसका संक्रमित छन् । साथै यहाँका एक हजार ३०७ जना मानिसको यो संक्रमणबाट ज्यान गएको छ । मध्यपूर्वी देशहरुमध्ये साउदी अरेबियामा सबैभन्दा बढी नागरिकको ज्यान गएको छ । 

यहाँ पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको पनि देखिएको छ । जसका कारण यहाँको सरकारले पनि निकै कडा पारेको छ । यस वर्षको हजका अवसरमा यहीँका नागरिक पनि थोरै संख्यामा मात्र उपस्थित हुने र विदेशबाट पनि थोरै मात्र मानिसलाई प्रवेशाज्ञा दिने भएको बताइएको हो ।

इन्डोनेसियाले यसवर्ष २ लाख २१ हजार जनालाई हजका लागि पठाउने बताएको थियो । तर कोरोना भाइरसको प्रकोपमा सो देश पनि परेकोले यस वर्ष त्यहाँबाट कोही पनि हजका लागि मक्का नपुग्ने जानकारी गराएको छ । रासस/एएनआई 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक