२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरान विरुद्ध हतियारमाथिको प्रतिबन्ध अवधि थप गर्न अमेरिकी प्रस्ताव

९ असार २०७७, मंगलवार ०९:४५

असार ९, संयुक्तराष्ट्र संघ। (रासस–एएफपी)। संयुक्तराज्य अमेरिकाले इरान विरुद्ध लगाइएको हातहतियार खरिदमाथिको प्रतिबन्धको अवधि अरु थप गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद समक्ष प्रस्ताव गरेको छ ।अमेरिकाले सन् २०१९ मा साउदी अरेबियास्थित तेल प्रशोधन केन्द्रहरुमा भिषण हमला इरानले गरेको आरोप लगाउँदै उक्त घटनाका सम्बन्धमा इरान विरुद्ध निन्दा प्रस्ताव पनि गरेको छ । 

सन् २०१५ मा इरानसँग भएको आणविक कार्यक्रमसम्बन्धी सम्झौता बमोजिम इरान विरुद्ध हातहतियार खरिदबिक्री गर्न नपाउने गरी भएको प्रतिबन्ध आगामी अक्टोबरमा समाप्त हुँदैछ । तर अमेरिकाको मुख्य विपक्षीजस्तो देखिएको इरानमाथिको त्यो प्रतिबन्ध बढाउन अमेरिकाले प्रयास गरिरहेको छ । 

शुक्रबार, सन् २०१५ को आणविक सम्झौताका हस्ताक्षरकर्ता मुलुकहरु – फ्रान्स, बेलायत र जर्मनी – ले संयुक्त विज्ञप्ति प्रकाशन गरी इरान विरुद्धको प्रतिबन्ध फुकुवा गरिए क्षेत्रीय सुरक्षा र स्थिरतामा संकट आउन सक्ने चेतावनी दिएका छन् । अमेरिकाको पछिल्लो प्रस्तावमा इरानद्वारा साउदी अरेबियामाथि सेप्टेम्बर २०१९ मा भएको आक्रमणको भत्र्सना गरिएको कुरा एएफपीलाई प्राप्त मस्यौदामा देखिएको छ ।मस्यौदामा सुरक्षा परिषदले ३० दिनको सूचना बमोजिम स्वीकृत गरेबाहेकका सबै किसिमका हातहतियार र त्यससँग सम्बन्धित सामग्रीहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आपूर्ति, बिक्री वा हस्तान्तरण गर्न निषेध गर्न आह्वान पनि गरिएको छ । 

सुरक्षा परिषदमा उक्त प्रस्तावमाथि हुने मतदानको मिति तोकिएको छैन र यो स्वतः पारित हुने सम्भावना छैन किनभने परिषदका स्थायी सदस्य राष्ट्रहरु चीन र रसियाले इरान विरुद्धका प्रतिबन्धको म्याद बढाउन नहुने बताइसकेका छन् । साउदी अरेबियाको तेल केन्द्र अराम्कोमा सन् २०१९ मा आक्रमण हुँदा ठूलो क्षति पुग्नुका साथै विश्वकै तेल उत्पादनमा असर परेको थियो । 

उक्त आक्रमणको छानबिन गरेको राष्ट्रसंघले आक्रमणमा प्रयोग गरिएका क्रुज क्षेप्यास्त्र र ड्रोनका पार्टपुर्जाहरु इरानमै बनाइएका वा अन्यत्रबाट आयात गरिएका थिए । 

फ्रान्स, बेलायत र जर्मनीले यसअघि राष्ट्रसंघीय प्रतिबन्धहरु इरानमाथि एक पक्षीय रुपमा लगाउन नहुने बताउँदै आएका थिए । इरानले अन्तर्राष्ट्रिय प्रतिबन्धहरु फुकुवा गर्ने शर्तमा सन् २०१५ मा आणविक अस्त्र निर्माण कार्यक्रम स्थगित गर्ने सम्झौता गरेको थियो । तर सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौता अस्वीकार गर्दै इरान विरुद्ध अझ आक्रामक रणनीतिहरु अघि बढाउनुभएको थियो ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की