२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा वकीलहरुको हत्या, अन्तर–अफगान वार्ताका लागि खलिलजादको आह्वान

९ असार २०७७, मंगलवार ०९:४७

असार ९, काबुल (रासस–एएनआई)। अफगान मामिलाका लागि अमेरिकी विशेष प्रतिनिधि जाल्मे खलिलजादले अफगानी महान्यायाधीवक्ता कार्यालयका वकीलहरुको हत्याको भत्र्सना गर्दै उक्त हत्याकाण्डको छानबिन गर्न आग्रह गर्नु भएको छ । ती वकीलहरु सोमबार गरिएको आतंकवादी आक्रमणमा मारिएका थिए । 

खलिलजादले अफगान कारागारबाट कैदीबन्दी मुक्त गर्ने कार्यमा कागजी प्रक्रियामा संलग्न रहेका महान्यायाधीवक्ता कार्यालयका वकील र टोलीका अन्य सदस्यहरुको हत्या अत्यन्त अमानवीय रहेको बताउँदै अमेरिकी सरकारले उक्त हत्याकाण्डको भत्र्सना गरेको जानकारी दिनुभयो । 

उहाँले ट्वीट गर्दै भन्नुभएको छ, “शान्तिका विरोधीहरुले उक्त आक्रमण गरी पाँच जनाको ज्यान लिएका छन् ।” अर्को ट्वीटमा उहाँले अगाडि भन्नुभयो, “यस आक्रमणले एउटै कुरा स्थापित गर्न खोजेको छः देशी विदेशी दुवै तत्वले अफगानिस्तानमा अस्थिरता र शान्ति प्रक्रियामा ढिलाई चाहेका छन् ।”

सोमबार भएको उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् । यसैबीच, उहाँले तालिबान र अफगान सरकार दुवैलाई अन्तर–अफगान वार्ताका लागि आवश्यक कदम चाल्न पुनः आह्वान गर्नु भएको छ । 

विशेष प्रतिनिधि खलिलजादले वार्ता मार्फत जतिसक्दो चाँडो विस्तृत शान्ति सम्झौता गर्न र राजनीतिक समाधान निकाल्न आग्रह गर्नु भएको छ । उहाँले भन्नुभएको छ, “यही नै अफगान जनताले चाहेका छन् र हामी उनीहरुको चाहनामा एकमत छौं ।”  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो