2026-07-24 07:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियामा अर्को काण्ड: दुई नेपाली पक्राउ

असार ९, विराटनगर । अष्ट्रेलियामा ८५ वर्षीया एक बृद्धालाई ठगी गरेको आरोपमा विराटनगरका दुईजनालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुस भट्टराईलाई पश्चिमी सिड्नीबाट पक्राउ गरेको हो । नेहा गिरीको नेपालमा नाम सरिता गिरि रहेको समेत बताइएको छ । 

पक्राउ परेका दुईजना नेपालीलाई त्यहाँको कानुन अनुसार छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं तह र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो तहको मुद्दा लगाएको छ ।

उनीहरुले अष्ट्रेलियाकि एक वृद्धालाई बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने भन्दै तीन हजार डलर कुरियर गरेर पठाइदिन भनेका थिए । उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो । उक्त पैसा लिन ठगिमा संलग्नहरु वृद्धाकै घरमा पुगेका थिए ।

    

पैसा बुझाएपछि वृद्धा प्रहरीकोमा गएर उजुरी दिएकि थिइन् । त्यसबेला पनि उनलाई ठगी गर्ने समूहबाट फोन आएको थियो । उनीहरुले थप पाँच हजार डलर आवश्यक रहेको बताएका थिए ।

प्रहरीले बृद्धाको घरमा पैसा लिन पुगेका दुई नेपाली गिरी र भट्टराईलाई पक्राउ गरेको हो । दुवैलाई मंगलबार पारामट्टा स्थानीय अदालतमा उपस्थित गराइएको छ । र, अदालतले पनि जमानतमा छाडेन । अदालतको अर्को सुनुवाइ अगष्ट २० मा हुनेछ ।

अनुसन्धानकर्ताहरुकाअनुसार यसरी नै ठगीमा परेकाहरु पीडितहरुको पनि पहिचान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक