२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा अध्यक्षले बहिष्कार गरेपछि उपाध्यक्षको नेतृत्वमा बजेट पारित

१२ असार २०७७, शुक्रबार ११:२३

असार १२, भद्रपुर (रासस) । झापाको हल्दिबारी गाउँपालिकामा अध्यक्षले गाउँसभा बहिष्कार गरेपछि उपाध्यक्षको नेतृत्वमा बजेट र नीति तथा कार्यक्रम पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले आज पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७७/०७८ का लागि रु २९ करोड ६४ लाख ७३ हजारको वार्षिक बजेट पारित भएको जानकारी दिनुभयो ।

उहाँले यही असार १० गते गाउँपालिकाको सभाहलमा सातौं गाउँसभा शुरु भएलगत्तै अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन सभा छाडेर बाहिरिनुभएपछि गाउँसभा तथा नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा १६ को उपदफा ५ बमोजिम आफूले सभाको अध्यक्षता गरेको बताउनुभयो । उपाध्यक्षकै अध्यक्षतामा सञ्चालित सो सभाले गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम बहुमतका आधारमा पारित गरेको थियो ।

गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले सभा चलिरहेका अवस्थामा अध्यक्षले सभा छाडेर हिँडेमा उपाध्यक्षले स्वतः अध्यक्षता गर्ने कानूनी व्यवस्था रहेको जनाउँदै सोही अधिकार प्रयोग गरी उपाध्यक्ष गिरीको नेतृत्वमा बजेट र नीति तथा कार्यक्रम पारित गर्नुपरेको बताउनुभयो । 

गाउँकार्यपालिकाले वडागत बजेट वितरणमा बहुमतका आधारमा पेलेर समानुपातिक नीति नअपनाएको र जलथल पर्यटकीय सडकको नामकरणमा कम्युनिस्ट नेता द्रोणप्रसाद आचार्यको नाम राखेका विषयमा अध्यक्ष लिङ्देनले असहमति राख्दै आउनुभएको थियो । सोही कारण सभामा नेकपा पक्षबाट हातपात भएको जिकिर गर्दै अध्यक्ष लिङ्देनले सभाबाट बाहिरिनुपरेको बताउँदै आउनु भएको छ ।

 गाउँपालिकाका उपाध्यक्ष गिरीले सभामा अध्यक्षमाथि कसैबाट हातपात नभएको र उहाँ आफैँले कार्यकर्तालाई बोलाई सभाकक्षमा तोडफोड गराउनु भएको आरोप लगाउनुभयो । 

हल्दिबारी गाउँपालिकामा अध्यक्षमा लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट तथा  उपाध्यक्ष गिरी तत्कालीन नेकपा (एमाले)का तर्फबाट निर्वाचित हुनुभएको थियो । पालिकाको कूल २९ सदस्यीय गाउँपरिषद्मा २२ जना नेकपा, ६ जना राप्रपा र एक जना नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्नुहुन्छ । परिषद्मा नेकपाको दुई तिहाइ बहुमत छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै