२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लाखौँ सिरियाली नागरिक भोकमरी संकटमा पर्न लागेको अन्तर्राष्ट्रिय संस्थाहरुको भनाई

१६ असार २०७७, मंगलवार ०६:३८

असार १६, दमासकस । रासस/एएनआई । लाखौ  सिरियाली नागरिक भोकमरीको संकटमा पर्न लागेको विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले जनाएका छन् । गएको करिब एक दशकदेखि गृह युद्धमा फसेको सिरियामा लाखौँ नागरिक खाद्य संकट झेल्नु परिरहेको भन्दै आगामी केही समयमै उनीहरु भोकमरीको संकटमा पर्न लागेको जानकारी दिएका छन् । 

नर्वेजियन शरणार्थी परिषद, अक्सफाम, केयर लगायतका विश्वका गैरसरकारी संस्थाहरुले सिरियामा कम्तीमा पनि ९० लाख शरणार्थीहरु भोकमरीको समस्यामा पर्न लागेका जनाएका छन् । उनीहरुले यस्तो संकट निकै नजिकै आइरहेको भन्दै यसका लागि आवश्यक सहयोग गर्न दाता राष्ट्रहरुका साथै अरु पनि आवश्यक संघसंस्थाहरुलाई आग्रह गरेका छन् ।

पश्चिमा शक्ति राष्ट्रहरुले द्धन्द्धग्रस्त सिरियामा मानवीय सहायताका सामग्री तत्काल पठाउन संयुक्त राष्ट्रसंघलाई यसअघि नै आग्रह गरेका थिए । सिरियन सरकार अन्तर्राष्ट्रिय दाताबाट प्राप्त सामग्रीको व्यवस्थित वितरण गर्न असक्षम रहेको भन्दै बेलायत, फ्रान्स र अमेरिकाले हवाई मार्गबाट भएपनि त्यहाँका केही स्थानमा सहायता सामग्री पु¥याउन विगतदेखि नै राष्ट्रसंघलाई आग्रह गरेका हुन् ।

केही महिना मात्र अघि पनि सिरियामा कार्यरत इन्टरनेशनल सिरिया सहयोग समूहले समस्याग्रस्त क्षेत्रहरुमा खाद्यान्नलगायतका सहायता सामग्री नपु¥याए गम्भीर मानवीय संकट आउन सक्ने बताएको थियो ।

सिरियाका विद्रोही समूहको नियन्त्रणमा रहेका त्यहाँका दरायालगायतका क्षेत्रमा विगतदेखि नै निकै थोरै मात्रामा सहायता सामग्री वितरण गरिएको र त्यसमा खाद्यान्न समेत नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका थिए । 

ती स्थानहरुमा सरकारले हवाई मार्गबाट सामान पठाउने बारेमा पनि पटक पटक राष्ट्रसंघको सुरक्षा परिषदमा विगतदेखि नै छलफलहरु हुने गरेको थियो । अहिले पछिल्लो समयमा आएर पनि खाद्यान्नको अभावका कारण सिरियाका कैयौँ क्षेत्रहरुमा भोकमरीको फैलिएको छ । अबका केही सममयै भोकमरीको अवस्था कम्तीमा पनि ९३ लाख सिरियाली नागरिकसम्म पुग्नसक्ने बताइएको हो ।

द्धन्द्धग्रस्त सिरियाका ५० लाखभन्दा बढी मानिसले कष्टकर जिवन विताइरहेको राष्ट्रसंघले जनाएको छ । तीमध्ये विभिन्न समुहद्धारा नियन्त्रित क्षेत्रमा बसोबास गर्ने १० लाखभन्दा बढीको अवस्था झन् नाजुक बन्दै गएको पनि पाइएको छ ।

हाल सिरियामा कोरोना भाइरसका कारण उत्पन्न संकटका कारण पनि खाद्य सामग्रीहरु अभाव भएको हो । कैयौँ सिरियालीहरुलाई तत्कालै दाता समूह, संयुक्त राष्ट्रसंघ आदिले खाद्यान्न प्रदान गर्ने काममा राम्रोसँग नहेर्ने हो भने यसले यहाँका लाखौँलाख नागरिकलाई समस्यामा पार्ने निश्चित देखिएको ती दाताहरुले जनाएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की