साउन ८, नवलपरासी । केहि साता यता अगातार परेको बर्षाले नायारणी नदीमा भिषण बाढी आएको छ । नदीे चेतावनी लेवल भन्दा माथिको सतह सम्म आएपछि स्थानियलाई सर्तह हुन आग्रह गरीएको छ । नारायणी नदीमा गएराति गरिएको मापन अनुसार पानीको सतह ७ दशमलब ५६ मिटर पुगेको थियो । नारायणी नदीमा पानीको सतह ७ दशमबल ३ मिटर पुगेका चेतावनी लेवल मानिन्छ ।
नदीमा पानीको सतह ८ दशमबल ४ मिटर पुगेको खण्डमा पुरै खतरा मानिन्छ । प्रहरी तथा सुरक्षाकर्मीले स्थानीय क्षेत्रमा माइकिङ्ग समेत गरेको छ ।विगत तीन दिनदेखि नवलपरासीको गण्डक व्यारेजको बि ग्यापको ठोकर नं. १३ मा नदीले क्षति पुर्याउन शुरु गरेकोमा शुक्रबार अझ बढी कटान गरेको छ ।
बाढी लगातार आएको खण्डमा ठोकर फुटे नर्सही, पक्लिहवा, गुठी प्रसौनी, गुठी सूर्यपुरा, लगायत नवलपरासीका दक्षिणी भेगका १ दर्जन भन्दा बढी गाविसहरु डुवानमा पर्नेछन् ।